जानौं, बालबालिकामा कुपोषणको कस्तो असर ?

महिला स्वास्थ्य

२०७७ कार्तिक २१ शुक्रबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - “कुपोषण एक यस्तो अवस्था हो जुन पोषकतत्वहरु नभएको वा अति धेरै भएका खाना खाएको कारण वा गलत परिमाणमा खाएको कारण हुन्छ ।” न्यून पोषणको कारणले उत्पन्न हुने समस्यामा पुड्कोपना, ख्याउटेपना, तौल कम हुने हो । जुन शरीरलाई आवश्यक बृहत तथा सुक्ष्मपोषक तत्वको कमीबाट हुन्छ । अतिपोषण भन्नाले मोटोपना बुझिन्छ । जुन बृहत पोषकतत्वहरूको अत्यधिक सेवनले गर्दा हुन्छ । 

कुपोषणका असरहरू

उमेर अनुरूप उचाई नपुगेको (पुड्कोपना) 

उमेर अनुसार उचाई कम हुनुलाई पुड्कोपना भनिन्छ । यसलाई दीर्घकालीन कुपोषण पनि भनिन्छ । यसको कारणले लामो समयसम्म शारीरिक तथा मानसिक विकास जोखिममा पर्दछ । 

उमेर अनुरूप तौल नपुगेको (न्यून तौल) 

बालबालिकाको उमेर अनुसार आवश्यक भन्दा कम तौल हुनुनै न्यून तौल हो । यसले तत्काल र दीर्घकालीन कुपोषण दुवैलाई प्रतिबिम्बित गर्दछ ।

उचाई अनुरूप तौल नपुगेको (ख्याउटेपना) 

बालवालिकाको उचाई अनुसार तौल कम हुनुलाई नै ख्याउटेपना भनिन्छ । यस्तो समस्या भएको बालवालिकाको तौल कम हुन्छ तर सबैमा कम उचाई नै हुनुपर्छ भन्ने पनि होइन। यो तत्काल हुने खालको कुपोषण हो, र यसले तुरून्तै विरामी हुनुका साथै मृत्यु हुन सक्ने जोखिमलाई बढाउँछ ।

मोटोपना 

मोटोपना त्यो स्थिति हो, जब शरिरमा बोसो त्यो सीमासम्म एकत्रित हुन जान्छ जसले स्वास्थ्यमा हानिकारक प्रभाव पार्न थाल्दछ ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment