बृहत पोषकतत्व: प्राप्त हुने श्रोत र के काम गर्दछ ?

महिला स्वास्थ्य

२०७७ कार्तिक २४ सोमबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - कार्बोहाइड्रेट चामल, गहुँ, मकै, फापर, कोदो आलु, तरूल, गिठ्ठा, सक्खरखण्ड, पिंडालु आदिबाट प्राप्त हुन्छ । यसले शक्ति प्रदान गर्छ, शरीरलाई न्यानो राख्छ र अरू पोषकतत्वहरूको उपयोगमा मद्दत गर्दछ ।

बोसो/चिल्लो पदार्थ वनस्पति तथा जनावरबाट प्राप्त गर्न सकिन्छ । जस्तैः तोरीको खाने तेल र जनावरबाट प्राप्त हुने घ्यू । यसको सेवनले शक्ति प्रदान गर्छ, भिटामिन “ए”, “डि”, “इ” र “के” लाई घुलाउँछ, भण्डार गर्छ, एक ठाउँबाट अर्को ठाउँसम्म पु¥याउँछ र शोषण गर्नमा मद्दत पु¥याउँछ ।

प्रोटीन खासगरी दुई श्रोत अन्न तथा जनावरबाट प्राप्त गर्न सकिन्छ । जस्तैः गेडागुडी र जनावरबाट प्राप्त हुने मासुबाट प्राप्त गर्न सकिन्छ । यो शरीरका तन्तुहरूको मर्मत र बृद्धिका लागि अत्यावश्यक पोषकतत्व हो । यसले शरीरका विभिन्न भागहरू बनाउँछ, शरीरको दैनिक कार्य सञ्चालन गर्छ । साथै शरीरका टुटे फुटेका र खिइएका ठाउँहरू मर्मत गर्छ । त्यस्तै शरीरलाई चाहिने जति शक्ति अरू खानाबाट प्राप्त नभएमा शक्ति पनि प्रदान गर्दछ ।
 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment