सजिलै रुघा खोकी हटाउने घरेलु उपायहरु 

महिला स्वास्थ्य

२०७७ कार्तिक २६ बुधबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - मौसम परिर्वतन भएसँगै धेरैजसो व्यक्तिहरुमा सिजनल इफेक्ट हुने गर्दछ । केहि दिन यता देशधर चिसो बढ्दै गएको विज्ञहरले बताउँदै आएका छन् । चिसो सुरु भएसँगै धेरैजसो मानिसहरुमा रुघाखोकि लाग्ने ज्वरो आउने गर्दछ । 

साधारणतय नाक बन्द हुने, बारम्बार सिगान आउने, नाक आँखा चिलाउने, हाँच्छ्यु आउने, खोकी लाग्ने, घाँटी खस खस हुने, कान दुख्ने, टाउको दुख्ने, शरीर गल्ने आदि लक्षणहरु भएको खण्डमा सामान्य बोलीचालीको भाषामा रुघा खोकी भनिन्छ  । यो समस्या सिजन परिर्वतन हुने समयमा धेरैजसो मानिसहरुमा भएको पाइन्छ । रुघा खोकी हटाउन सजिलो उपाय यस्ता छन् । 

महसँग किटाणुसँग लड्ने क्षमता हुन्छ। एक सोध अनुसार मह खोकीको लागि दिइने डेक्स्ट्रोमर्थोर्मन भन्दा प्रभावकारी देखिएको छ ।  

बेसारमा भएको कर्क्युमस भन्ने तत्व किटाणु नासक हो र सुजन लाई कम गर्दछ । बेसार एक चम्चा र १ चम्चाको ८ भाग जति कालो मरिज हालेर पिउनाले कफमा लाभ मिल्दछ ।

अदुवा र महको मिश्रणले खोकीमा प्रभावकारी काम गर्दछ  ।

नुन पानीले कुल्ला गर्नाले पनि खोकीमा फाइदा पुग्दछ  । 

बाफ लिनाले स्वासप्रस्वास नाली खुल्दछ र खोकीमा फाइदा पुर्याउँछ । 

लसुन र महको मिश्रणले खोकीमा फाइदा पुर्याउँछ  । 

रुघा खोकीबाट बच्ने उपायहरु 

धुलो धुँवाबाट बच्ने 

निरन्तर रुपमा योग प्रणाम अभ्यास गर्ने 

पानी प्रशस्त पिउने 

तनाब मुक्त र प्रसन्न चित्त रहने 

समयमा सुति समयमा उठ्ने 

जाडोयाममा चिसो खाना खाँदै नखाने, न्यानो वा तातो खाना खाने 

जङ्क, फास्ट फूड, तैलीय पदार्थहरु कम गर्ने 

रातको खाना ७ बजे भित्र खाने

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment