लोकल र बोइलर कुखुराको मासुमा कुन बढि स्वस्थ्यकर ?

महिला स्वास्थ्य

२०७७ कार्तिक २९ शनिबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - पछिल्लो केहि बर्ष यता लोकल कुखुराको उत्पादन घट्दै गएको छ जसका कारण बोइलरले बजार लिन थालेको छ । 

लोप हुँने अवस्थामा पुगेको लोकल कुखुराको पछिल्लो समय नेपालका केहि क्षेत्रमा भने व्यवसायिक रुपमा उत्पादन थालिएको छ ।

अन्य कुखुराको तुलनामा लोकल कुखुराको मासुको स्वाद नेपालीहरुले निकै रुचाउँदा लोकल कुखुराको मासु बजारमा दोब्वर पैसा तिरेर पनि किनेर खाने गर्दछन् । विषेश गरी सुत्केरी महिलाहरुलाई बढि प्रयोग गरिने प्रचलन रहेको छ । 

केहि स्थानहरुमा महंगो मुल्य तिरेर पनि लोकल कुखुरा नपाउने अवस्था सिर्जना भएको छ । त्यसैले धेरैजसो मांशाहारी व्यक्तिहरु बोइलर कुखुराको मासु खान बाध्य छन् । स्वास्थ्यको हिसाबले लोकल र बोइलर कुखुराको मासुमा कुन बढि उपयुक्त हुन्छ धेरैजसो व्यक्तिलाई थाहा नहुन सक्छ । लोकल र बोइलर कुखुराको मासुमा कुन बढि लाभदायी छ तल उल्लेख गरिएको छ । 

लोकल र बोइलर कुखुराको मासुमा प्रोटिनको मात्रा बराबर हुन्छ । 

लोकल कुखुराको मासुमा ४० प्रतिशत बढि भिटामिन ए पाइन्छ । यो दुष्टिको लागी राम्रो मानिन्छ । साथै यसमा फ्याटको मात्रा पनि कम पाइन्छ । त्यस्तै ओमेगा थ्रि फ्याटि एसिड पाइन्छ । ओमेगा थ्रि फ्याटि एसिड गर्भ भित्रको विकास, मष्तिस्कको विकास, स्वस्थ्य मुटु र रोग प्रतिरोधात्मक क्षमताको लागी राम्रो मानिन्छ । 

बोइलर कुखुराको मासुमा मिसिएको हुन सक्ने विभिन्न कृत्रिम हर्मोन, प्रेस्टिसाइड र एन्टिबायोटिकबाट लोकल कुखुराको मासु मुक्त हुन्छ ।

लोकल कुखुराको मासु सहज नपाउने र महंगो भएपनि बालबालिकाको लागी यो नै स्वास्थ्यबर्धक हुन्छ ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment