होम आइसोलसनमा लापरबाही गर्नाले धेरै बिरामी मृत्युको मुखमाः डा.अनुप बाँस्तोला 

महिला स्वास्थ्य

२०७७ मंसिर ३ बुधबार

फेसबुक , जनाइएको , शेर्पा

- डा.अनुप बाँस्तोला 

काठमाडौं- भाइटीकाको राति १० बजे एउटा फोन आयो- ४०-४५ वर्षको बिरामी हुनुहुन्छ, कोरोनाको लक्षण छ, एकदम सिकिस्त । एम्बुलेन्स पाइँदैन, बिरामी कसरी ल्याउनु ? 

मैले पीसीआर गराइसक्नु भयो भनेर सोधेँ, उहाँहरूले छैन भन्नू भयो ।  जुनसुकै सवारी साधन खोजेर तत्काल अस्पताल ल्याउनोस् भनेँ । 

मलाई लाग्यो, बिरामी अस्पताल पुग्नु हुनेछ । तर, दुर्भाग्य, डेढ घण्टापछि फोन आयो, बिरामी बित्नु भयो । सायद समयमै अस्पताल आइपुग्नु भएको भए, बिरामीलाई बचाउन सकिन्थ्यो कि ? अल्पायुमै जीवन गुमाएका मृतकप्रति हार्दिक श्रद्धाञ्जली ।

यो घटनाले अहिले होम आइसोलसनमा लापरबाही र  कोरोना परीक्षण नगरी दुई-चार दिनपछि यसै ठीक भइहाल्छ नि भन्ने आम मानसिकताको उजागर गर्छ । कोरोनाको लक्षण कसैलाई सामान्य हुन सक्छ, तर यसले धेरैको ज्यान लिइसक्यो । 

बेवास्था र लापरबाहीले प्राण जोखिममा राख्ने काम कसैले नगरौं । लक्षण देखिएपछि कम्तीमा पीसीआर गराइहालौं, अनि स्वासप्रस्वासमा समस्या आउनासाथ अस्पताल लगिहालौं । गाह्रो पर्नासाथ एम्बुलेन्स वा अन्य सवारी साधनको तत्काल व्यवस्थापन गर्नेतर्फ शतर्क बनौं । 

कुन अस्पताल लैजाने भन्नेबारे जानकारी राखेर बसौं। पीसीआर गरे बेकारमा १४-१५ दिन आइसोलेसनमा बस्नुपर्छ भन्ने सोचले धेरैले कोरोना संक्रमणलाई हलुका रूपमा लिएको पाइन्छ । यो गल्ती गर्दै नगरौं । तपाईंको जीवनभन्दा ठूलो १४-१५ दिनको आइसोलेसन होइन ।

लक्षण देखिएकालाई सरकारले पीसीआर टेस्ट निः शुल्क गरिसकेको छ । त्यसैले कोरोना भाइरस संक्रमणको लक्षण  देखिए टेस्ट गर्न ढिला नगरौं ।  कोरोना पोजिटिभ भएकाले कम्तिमा आफूलाई स्वासप्रस्वासमा अफ्ठ्यारो महसुस भए तुरुन्त परिवार(साथीभाई वा चिकित्सकलाई भनीहालौं । 

यो जाडोको मौसममा कोरोना भाइरसको फैलावट व्यापक हुन सक्छ । त्यसैले कृपया पटक्कै लापरबाही नगरौं, मास्क लगाऊँ, हात धोऊँरस्यानिटाइज गरौं र भौतिक दूरी कायम राखौं ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment