देशभर थप १ हजार ६७४ जनामा कोरोना संक्रमण, २ हजार ३२३ जना संक्रमणमुक्त

महिला स्वास्थ्य

२०७७ मंसिर ६ शनिबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौँ -  पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ६ सय ७४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ८ हजार १ सय ४४ पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार ६ सय ७४ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।

त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप २ हाजर ३ सय २३ जना कोरोनामुक्त भएका छन् । यो सहित कोरोनामुक्त हुनेको संख्या १ लाख ९३ हजार २३ सय २५ पुगेको छ ।

 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment