विश्व एड्स दिवसः कहिले पाउँलान् संक्रमितले अनेकौं लान्छनाबाट मुक्ति !

महिला स्वास्थ्य

२०७७ मंसिर १६ मंगलबार

फेसबुक , जनाइएको , शेर्पा

-समृद्धा के.सी 

काठमाडौं – ‘एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी’ भन्ने नाराका साथ आज ३३ औं विश्व एड्स दिवस, विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाईंदै छ । 

आधुनिक मानव इतिहासमा छोटो अवधिमा नै अत्यन्त तीव्र रुपले फैलिएको विश्वव्यापी महामारीको रुप लिएको एचआईभी तथा एड्स विगत तीन दशकदेखि निरन्तर जनस्वास्थ्य, सामाजिक तथा आर्थिक लगायतका क्षेत्रहरुमा चुनौतिको रुपमा रहेको छ ।

सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन यो अभियान सुरु गरिएको हो ।

नेपालमा सुईद्वारा लागूपदार्थ प्रयोगकर्ता, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगीहरू, रोजगारीका लागि बिदेशिनेहरूर जेलका कैदीहरू एचआईभी संक्रमणको  जोखिममा छन् । यी मध्ये पनि सुईद्वारा लागूपर्दाथ प्रयोग गर्ने र पुरुष समलिंगी यौनकर्मीहरुमा एचआईभी संक्रमणको जोखिम उच्च रहेको विज्ञहरु बताउछन् । 

अहिलेको समयमा पनि हाम्रो समाजमा एचआईभी संक्रमीत व्यक्तिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छैन । हाम्रो समाजमा एचआइभीलाई भयावह रोगका रुपमा लिइन्छ । जसका कारण संक्रमीतहरुलाई अनेक लान्छना वा विभेद गर्ने परम्परा कायम रहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विषशेज्ञ डा.अनुप बास्तोलाले बताए ।

उनि भन्छन् 'एचआइभी संक्रमितहरुलाई व्यवस्थापन वा प्रतिस्थापन गर्न समाजले आफ्नो भुमिका निर्वाह गर्न सकेको छैन । समाजमा रहेका सदस्यहरु उनिहरुको समस्याको मलम बन्नुपर्ने ठाउँमा नुन बनिरहेका छन् । संक्रमितहरु रुदै सुनाउछन् एचआईभी संक्रमित भएकै कारण स्वास्थ्य संस्था र चिकित्सकहरु बाट पनि दुर्रव्यवहार भोग्नु परेको छ ।' 

डा. बास्तोलाका अन्सार कतिपय एचआईभि संक्रमितहरु जिवन्त रहनका लागी जिविकोपार्जन गरिरहेका छन् । उनले भने धेरै किसिमका व्यक्तिहरुलाई उपचार गरिरहहको तर समाजमा रहेको लान्छनाबाट उनिहरु डिप्रेशनका साथै एन्जाईटिको शिकार हुन पुगेका छन् ।

 संक्रमितलाई समाजले हेर्ने नजर कसरी परिवर्तन गर्ने ?

सबै भन्दा पहिला रोगको पहिचान गर्न जरुरी छ । मधुमेह रोगका बिरामीले मलाई मधुमेह रोग लागेको छ म यो औषधी खान्छु भनेर खुलेर कुरा गर्छन् । तर एचआईभी लागेका व्यक्तिहरु खुलेर बोल्न सक्दैनन् । हाम्रो समाजले  एचआईभीलाई सिधै यौन सँग जोडेर नराम्रो नजरबाट हेरिरहेको छ र संक्रमितहरुलाई  खराब व्यक्तिको संज्ञा पनि  दिरहेको छ । एचआइभी ज्यान मारा रोग हैन यो पनि मधुमेह, उच्च रक्तचाप जस्तै औषधी खाएर व्यवस्थापन गर्न सकिने  दिर्घ रोग हो । समयमा नै एचआइभीको पहिचान गरेर औषधी उपचार गरेमा सामान्य जीवनयापन गर्न सक्छन् ।

समाजमा एचआइभी भएका व्यक्तिलाई छोएर, सँगै बसेर एउटै थालमा खाना खाएर अथवा हात मिलाउदैमा , अंकमाल गदैमा सर्ने रोग हैन भन्ने जनचेतना फैलाउन जरुरी छ । सामान्यतया समाजमा एक व्यक्ति र अर्को व्यक्तिबिच गरिने क्रियाकलापले एचआइभी सर्देन । एचआइभी सर्ने मुख्य कारण भनेको असुरक्षित यौन सम्पर्क र  कुलतमा फसेका व्यक्तिहरुले सुईद्धारा लागूपर्दाथ प्रयोग गर्नाले एचआइभी सर्ने गर्दछ । 

एचआइभीलाई   सबैले सामान्य रोगका रुपमा लिनुपर्छ । समाजमा एचआइभी लागेका व्यक्तिलाई विभिन्न किसिमका लान्छना लगाएर अपहेलना गरेमा डिप्रेशनको शिकार हुन सक्छन् ।


 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment