कण्डम प्रयोग गर्ने तरिका

महिला स्वास्थ्य

२०७७ पुष ५ आइतबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - परिवार नियोजनको अस्थाई साधनमध्ये कण्डम एक भरपर्दो साधन हो । यसको प्रयोगले यौन रोगबाट पनि बच्न सकिन्छ । यसको प्रयोग कसरी गर्ने तल उल्लेख गरिएको छ । 

सुरुमा कण्डमको प्याकेटको एक छेऊमा समातेर धार भएको ठाँउतिरबाट नङ्को प्रयोग नगरी विस्तारै प्याकेट च्यात्नुपर्छ ।

त्यसपछि प्याकेटबाट कण्डम निकाल्ने, योनीलाई लिंगले स्पर्श गर्नुभन्दा पहिले नै उत्तेजित लिंगमा कण्डम लगाउपर्छ् । कण्डम सुल्टो भए नभएको जाँच गर्नुपर्छ ।

लिंगको टुप्पोमा नफुकाईएको कण्डम राख्नुपर्छ ।

यसो गर्दा कण्डमको टुप्पोमा दुई औंलाले च्याप्प समातेर हावा निकाल्नुपर्छ ।

कण्डम विस्तारै फुकाउँदै लिंगको फेदसम्म पु¥याउनुपर्छ । यदि कण्डम सुल्टो भएमा खोल्न केही अप्ठ्यारो हुँदैन । यसरी कण्डम लगाई सके पछि मात्र यौन सम्पर्क राख्नुहोस् ।

वीर्य झरेपछि लिंग शिथिल नहुँदै कण्डम नफुस्किने गरी राम्ररी समातेर योनीबाट बाहिर निकाल्नुहोस् ।

योनी क्षेत्रमा वीर्य नपोखिने गरी, विस्तारै कण्डमलाई लिंगबाट फुकाल्नुहोस् अनि कण्डमको फेदलाई गाँठो बनाउनुहोस् 

त्यसपछि फोहर फाल्ने खाल्डोमा प्mयाँकिदिनुस् वा जलाउनुस् वा पुर्नुहोस्। हात धुनुस् । कण्डमलाई शौचालयमा नफाल्नुहोस् ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment