तौल घटाउने देखि स्वास्थयका लागि फाइदाजनक छ कालो चिया

महिला स्वास्थ्य

२०७७ पुष १५ बुधबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं- चिया नखाने व्यक्ति सादै कमै होलान। दुध हालेको चिया खाने व्यक्तिको संख्या घट्दै गइरहेको एक अध्ययनले देखाएको छ । त्यसको साटोमा कफि वा कालो चिया खाने गर्नेहरु बढिरहेको हुन सक्ने अनुमान  सहजै लगाउन सकिन्छ । 

कालो चियामा एन्टी अक्सिडेन्ट, फाइटो केमिकल्स जस्ता फाइदाजनक तत्वहरु पाइन्छन् ।  जसले तुरन्तै मुड फ्रेस बनाइदिन्छ । फिक्का अर्थात् दूध नराखेको र चिनी पनि कम राखेको कालो चियाले शरीरलाई ताजगी दिने मात्र होइन विभिन्न खाले स्वास्थ्य फाइदा पनि हुन्छन् । 

कालो चिया पिउनुका यस्ता छन् केहि अन्य फाइदाः

तौल घटाउने : कालो चियामा क्यालोरी कम हुन्छ । यो पिएपछि भोक कम लाग्छ र त्यसले वजन घटाउनमा सहयोग गर्दछ । 

हड्डीको मजबुतीः  चियामा फाइदाजनक फाइटोकेमिकल्स हुन्छन् । जसले हड्डीलाई समेत मजबुत बनाउन सहयोग गर्दछन् । 

दाँतको सुरक्षाः चियामा फ्लोराइड तथा ट्यानिन तत्व पाइन्छ जसले दाँतलाई स्वस्थ तथा मजबुत बनाउँदछ । क्यान्सरबाट बचावट स्  चियामा पोलिफिनाइल्स तत्व हुन्छ । यसले क्यान्सरको जोखिम कम गर्दछ । 

रोगप्रतिरोधः कालो चिया पिउनाले सरीरमा रोग प्रतिरोधी क्षमता बढाउँदछ । साथै यसले विभिन्न खाले संक्रमणको जोखिम पनि कम गर्दछ । 

बुढोपना घटाउने: चियामा एन्टी अक्सिडेन्ट तत्व पाइन्छ । यसले उमेर बढेसँगै देखिने बुढोपनका लक्षण कम गर्दछ । 

हृदयाघातको जोखिम कमः दिनहुँ २र३ कप कालो चिया पिउने मानिसहरुमा चिया नपिउने मानिसमा भन्दा हृदयाघातको जोखिम ७० प्रतिशत कम हुन्छ ।

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment