मुगु, कालीकोट र रुकुमपश्चिम कोरोना मुक्त   

महिला स्वास्थ्य

२०७७ पुष १९ आइतबार

फेसबुक , जनाइएको , शेर्पा

कर्णाली- कर्णाली प्रदेशका तीन जिल्ला कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार मुगु, कालीकोट र रुकुमपश्चिम कोरोना सङ्क्रमणमुक्त भएका हुन् ।    
    
यी तीन जिल्लामा कोरोनाका सबै बिरामी निको भएसँगै बाँकी सात जिल्लामा पनि निको हुने सङ्क्रमितको दर बढ्दै गएको मन्त्रालयको जनस्वास्थ्य शाखाका प्रमुख नवराज कँडेलले जानकारी दिए । 

शाखा प्रमुख कँडेलका अनुसार निको हुन नसकेका जिल्लामा सुर्खेतमा १०३, सल्यानमा ३१, जाजरकोटमा १४, हुम्लामा ११, डोल्पामा नौ, जुम्लामा छ र दैलेखमा पाँच गरी जम्मा १७९ जना व्यक्ति अस्पताल तथा होम आइसोलेशनमा रहेका छन् ।    
    
त्यस्तै पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणअनुसार यस प्रदेशमा १२ नयाँ कोरोना सङ्क्रमण पुष्टि भएको प्रमुख कँडेलले बताउनुभयो । “यससँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार ३६९ पुगेको छ”, उनले भने , “आज एक व्यक्ति निको भएसँगै कोरोनाबाट सङ्क्रमणमुक्त भएर घर फर्कनेको सङ्ख्या सात हजार १९ पुगेको छ ।”    
    
शाखा प्रमुख कँडेलले थप्नुभयो, “हालसम्म कर्णाली प्रदेशमा ९६ हजार १५८ व्यक्तिको आरटी पिसिआर परीक्षण गरिएकामा ७।६६ प्रतिशत व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । त्यसमा ९५ प्रतिशत निको भइसकेका छन् ।” कोरोना सङ्क्रमणबाट आजका दिनसम्म कर्णालीमा २६ जनाले ज्यान गुमाएको मन्त्रालयको जनस्वास्थ्य शाखाले जनाएको छ ।     

रासस

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment