स्तन गानिने समस्याबाट यसरी पाउँन सकिन्छ छुट्कारा 

महिला स्वास्थ्य

२०७७ पुष १९ आइतबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं-  शिशु जन्मेको छ महिनासम्म पूर्ण स्तनपान गर्न पाउनु उसको अधिकार हो । शिशु जन्मिएको १ घण्टा भित्र आमाको दुध खुवाई सक्नु पर्छ । 

विश्व स्वास्थ्य संघको तथ्याङ्कअनुसार स्तनपानलाई सुधार गर्न सक्ने हो भने वार्षिक रूपमा विश्वभर ८ लाख २० हजार शिशुको ज्यान जोगाउन सकिन्छ । स्तनपान नगराउँदा नेपालमा झन्डै ४० प्रतिशत बालबालिकाको उमेरअनुसार वृद्धि विकास नभएको विज्ञहरु बताउँछन् । आमाको दुध शिशुका लागि अमृत समान मानिन्छ । 

शिशुको आवश्यकता अनुसार एक दिनमा ८ देखि १२ पटक (२४ घण्टा दिन र रात) स्तनपान गराउनु पर्दछ । आमाको दूधमा सम्पूर्ण पौष्टिक तत्वहरू र शिशुलाई पुग्ने पानीको मात्रा हुने भएकोले पानी पनि खुवाउनुपर्दैन । बच्चा कम्तिमा दुई वर्ष नपुगुन्जेल नियमित रुपले अन्य खानाको साथै आमाको दूध नै खुवाइ रहनुपर्छ ।

सुत्केरी आमाले हरेक दिन विभिन्न प्रकारका खाना (अन्न, गेडागुडी, हरिया सागपात, तरकारी तथा फलफूल, पशुपंक्षीजन्य खानेकुरा) खानुपर्छ । सुत्केरीले गाह्रो काम गर्नु हुँदैन र धुम्रपान तथा मद्यपान गर्नु हुँदैन । स्तनपान गराउँने समयमा आमाले धेरै कुराहरुमा ध्यान दिनु पर्ने हुन्छ । सामान्य अवस्था भन्दा केहि सावधानिका साथ आमाहरुले त्यो समयमा खानपानमा विशेष ध्यान दिनु पर्ने विज्ञहरु बताउँछन् । 

कतिपय आमाहरुमा विभिन्न समस्याले गर्दा स्तन गानिएर शिशुलाइृ दुध चुसाउन नमिल्ने , दुख्ने जस्ता समस्याहरु आइरहेका हुन्छन् । यस्तो अवस्थामा तल प्रस्तुत गरिएका उपायहरु अपनाउँन सकिन्छः

गानिएको स्तन सफा र नरम कपडाले मनतातो  पानीले सेक्ने, 

गानिएको स्तन सकेसम्म शिशुलाई धेरै चुसाउने, 

स्तनपान गर्दा वरिपरिबाट निप्पल तीर मसाज गर्ने,

खुकुलो लुगा लगाउने सकेसम्म निको नहुँदा सम्म ब्रा नलगाउने , 

स्तन गानिएर शिशु चुस्न सकेको छैन भने दोएर चम्चाले खुवाउने, 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment