राष्ट्रिय योग दिवस तयारी   

महिला स्वास्थ्य

२०७७ पुष २० सोमबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं-  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गरी यस वर्षको राष्ट्रिय योग दिवस मनाउन मूल समारोह समिति गठन गरेको छ । 

राष्ट्रिय योग दिवस मूल समारोह समितिको बैठकमा  शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोना सङ्क्रमणबाट बच्न योग शिक्षालाई महत्वपूर्ण रुपमा लिनुपर्ने बताए ।  सरकारले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउँदै आएको छ ।    
    
 मुल समारोह समितिका अध्यक्ष मन्त्री श्रेष्ठले यस वर्षको आदर्श वाक्य तय गरी राष्ट्रव्यापीरुपमा योग मनाउन सबै सरोकारवाला निकायलाई निर्देशन दिए । 

मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सङ्घ र प्रदेशस्तरमा भर्चुअल माध्यमबाट दिवस मनाउने तयारी भएको बताए । 

रासस

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment