जानौं, शिशुलाई कुन समयमा कति स्तनापान गराउने ?

महिला स्वास्थ्य

२०७७ पुष २२ बुधबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - स्तनपान आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया हो । 

स्तनपानले बालबालिकालाई उनीहरुको जीवनको उत्कृष्ट शुरुवातको सम्भावना दिने बिशेषज्ञहरु बताउँछन् । आमाको दूध शिशुका लागि अमृत समान हुन्छ। स्तनपान शिशु र आमा दुवैको स्वास्थ्यका लागी राम्रो हुन्छ। 

शिशु जन्मिएको एक घण्टाभित्रै आमाको दूध चुसाउनुपर्ने चिकित्सकहरु बताउँछन । आमाको पहेँलो बिगौती दूधमा रोगसँग लड्न सक्ने तत्व हुन्छन् । यो नवजात शिशुका लागि पहिलो खोप सरह हुने बिज्ञहरु बताउँछन । 

हरेक नवजात शिशुलाई ३ घण्टाको अन्तरालमा माग बमोजिम स्तनपान गराउनुपर्छ । शिशु जन्मिएको छ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ । शिशुलाई चाहिने पानीसमेत आमाको दूधमा हुने भएकाले छ महिनासम्म आमाको दूधबाहेक पानी पनि खुवाउनु हुदैँन । 

नवजात शिशुलाई कति मात्रामा दुध खुवाउने भन्नेबारे धेरै आमाहरु जानकार नहुन सक्छन् । यस सम्बन्धि विज्ञको सुझाव यस्तो छ । 

जन्मेको पहिलो दिन २० देखि ३० मिलिलिटर (मि ली) दुध ३ घण्टाको अन्तरालमा स्तनपान गराउनुपर्छ । त्यसको १ हप्ता सम्म पत्येक दिन ५ मिली बढि स्तनपान गराउनुपर्छ । 

एक हप्ताको हुदाँ सम्म ५० देखि ६० मि ली ३ घण्टाको अन्तरालमा स्तनपान गराउनुपर्छ । साथै हरेक हप्तामा १५ मि ली बढाउदै जानुपर्छ । 

एक महिना हुदाँसम्म ९० मि ली ३ घण्टाको अन्तरालमा खुवाउनुपर्छ । त्यस्तै हरेक महिना प्रत्येक मात्रामा ३० मि ली बढाउदै जानुपर्छ । 

यो सुत्र अनुसार शिशुलाई हरेक २४ घण्टामा अधिकतम ९६० मि ली दुध खुवाउनुपर्छ ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment