स्वस्थ्य रहन दैनिक खानामा चार समुहका खानेकुरा समावेश गरौं 

महिला स्वास्थ्य

२०७७ पुष २२ बुधबार

फेसबुक , जनाइएको , शेर्पा

- भागिरथी पण्डित

काठमाडौं मानव शरीरका लागी आहार अपरिहार्य छ । आहार बिना कोहि व्यक्ति बाँच्न सक्दैनन् ।  स्वस्थ्य रहनका लागि सन्तुलित आहार सेवन गर्न जरुरी हुन्छ । सन्तुलित भोजन खानुपर्छ भन्ने हामी सबैलाई थाहा छ । तर कस्तो खानालाई सन्तुलित खाना भन्न सकिन्छ भनेर धेरैलाई थाहा नभएको पाइन्छ ।

कुनै एक व्यक्तिलाई स्वस्थ्य हुनका लागी आवश्यक सम्पुर्ण पोषक तत्व समाबेश भएको खानेकुरालाई सन्तुलित आहार भनिन्छ । खानालाई चार भागमा विभाजन गरिएको छ ।  व्यक्तिले दैनिक खाने खानामा यि चार समुहका खानेकुरा समाबेश गरीएको छ भने त्यसलाई सन्तुलित आहार सवेन गरिएको मान्न सकिन्छ ।

चार समुहका खाने कुरा यसप्रकार छन्ः 

अन्न 

अन्न भन्नाले हाम्रो खेतिमा उब्जाउ हुने धान, गहुँ, मकै, कोदो, फापर इत्यादि पर्दछन् । शरीरलाई विभिन्न काम गर्नका लागि आवश्यक शक्ति अन्नबाट प्राप्त हुन्छ । अन्नबाट काब्रोहाइडेट पाइन्छ । काब्रोहाइडेटले शरीरलाई शक्ति प्रदान गर्छ । त्यसैले अन्न हामिले दैनिक सेवन गर्नुपर्छ । पछिल्लो समय केहि व्यक्तिहरु आफ्नो वजन घटाउनका लागी सबैभन्दा बढि आवश्यक पर्ने खाद्यवस्तु अन्नहरु नखाई बस्ने गरेको पाइन्छ । धेरैजसो व्यक्तिमा खाना खायो भने मोटाइन्छ भन्ने गतल धारणा हाबि भएको छ । हाम्रो खानामा थोरै मात्रामा भएपनि अन्न समाबेश हुनुपर्छ । 

एक स्वस्थ्य व्यक्तिको लागी हामिले खाने खानको ५० देखि ६० प्रतिशत खाद्य पदार्थ अन्नबाट नै समाबेश भएको हुनुपर्छ ।  

दलहन

दलहन अन्र्तगत विभिन्न प्रकारका गेडागुडि र दाल पर्दछ । यी खाद्य पदार्थले प्रोटिन प्रदान गर्दछ । यसले मानव शरीरमा भएका प्रत्येक सेललाई वृद्धि विकास गर्ने र शरीरको कार्य सुचारु राख्ने गर्दछ । 

सागसब्जि र फलफुल 

सागसब्जि र फलफुलबाट भिटामिन र मिनिरल्स प्राप्त गर्न सकिन्छ । त्यसैले दैनिक हाम्रो खानामा सागसब्जि र फलफुल समावेश गर्नु पर्छ । 

पशुजन्य स्रोत  

पशुजन्य स्रोत अन्तर्गत दुध, दहि घ्यु, माछा, मासु आदि पर्दछन् । यि स्रोतबाट आइरन र प्रोटिन पाउन सकिन्छ । दलहनबाट भन्दा पशुजन्य स्रोतबाट पाइने प्रोटिन शरीरले सजिलै एब्जर्ब गर्दछ । 

माथि उल्लेख गरिएका चार समुहका खानेकुरा दैनिक हामिले खानामा समावेश गर्न जरुरी हुन्छ । 

शरीरले राम्रोसँग कार्य गर्नका लागी कुनै एक पोषक तत्वले मात्र पुग्दैन । स्वास्थ्य जिवनशैलीका लागी हाम्रो शरीरलाई काब्रोहाइडेट, भिटामिन, मिनिरल्स सबै पौष्ट्रिक तत्व आवश्यक पर्छ त्यसैले स्वस्थ्य जिवनशैलीका लागी सन्तुलित आहार अत्यावश्यक हुन्छ ।

(विराट अस्पतालमा कार्यरत आहार तथा पोषण बिद् ओम प्रकाश शाहसँगको कुराकानीमा आधारित )

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment