रोग प्रतिरोधात्मक क्षमता बढाउने सजिलो उपाय
महिला स्वास्थ्य
२०७७ पुष २३ बिहिबार

काठमाडौं - रोग प्रतिरोधात्मक क्षमता (इम्युन सिस्टम) मजबुत भए रोगका किटाणुहरूलाई प्रतिरक्षा प्रणालीका कोषहरूले जित्छ । जसका कारण रोग लाग्ने सम्भाबना कम हुन्छ ।
प्रतिरक्षा प्रणालीको सशक्तिकरण नै हरेक सूक्ष्मजीवबाट लाग्ने रोगबाट बच्ने सबैभन्दा भरपर्दो उपाय हो । प्रतिरक्षा प्रणालीको सशक्तिकरण गर्न वा रोग प्रतिरोधक क्षमता बढाउन यस्ता विधिहरू अपनाउन सकिन्छ ।
पर्याप्त मात्रामा पानि पिउने
योग, प्रणायाम, ध्यान गर्ने
शाकाहारी खाना खाने
पर्याप्त फलफुल एवं तरकारीको सेवन
आधा घण्टाको सूर्य स्नान (घाम ताप्ने)
रेशा र चोकर यूक्त खानेकुरा खाने
हप्ताको एकदिन व्रत बस्ने
सकरात्मक सोच्ने
धुमपानको एवं मद्यपान नगर्ने
चिनीको सेवन नगर्ने
दैनिक आठ घण्टा सुत्ने
माथि उल्लेख गरिएका विधि अपनाएमा रोग प्रतिरोधक क्षमता बढाउन सकिन्छ । रोग प्रतिरोधात्मक क्षमता मजबुत भए रोगलाई सजिलै जित्न सकिन्छ ।
’महिला स्वास्थ्य