बाँकेमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु 

महिला स्वास्थ्य

२०७७ माघ ४ आइतबार

फेसबुक , जनाइएको , शेर्पा

बाँके - बाँकेमा दुई जना कोराना संक्रमित उपचाररत महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा लिवाङ-४ रोल्पाकी ४२ वर्षीया महिलाको आइतबार विहान साढे तीन बजे  कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको अस्पतालले जनाएको छ ।  स्वास्थ्यमा समस्या आएपछि शनिवार अस्पताल भर्ना गरिएको र शनिवार मात्र मृतक महिलाको कोरोना रिर्पोट पोजेटिभ आएको थियो । 

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार भेरी अस्पतालमा बबई-६ दाङकी ८० वर्षीया संक्रमित महिलाको आज विहान साढे ६ बजे उपचारकै क्रममा मृत्यु  मृत्यु भएको हो । ती महिलालाई १० गते नेपालगन्ज मेडिकल कलेजमा भाइरस संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएलगत्तै भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । 

बाँकेमा उपचार गराउन आएका बाहिरी जिल्लाका ८२ जनाको मृत्यु भइसकेको छ ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment