ओखती साबुनपछि बहुगुणी 'ओखती आयुर्वेदिक तेल' बजारमा

महिला स्वास्थ्य

२०७७ पुष २६ आइतबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - श्री जयकाली जडिबुटी उद्योग प्रा लिले ओखती साबुनपछि बहुगुणी ओखती आयुर्वेदिक तेल बजारमा ल्याएको छ ।

बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान गरी बजारमा ल्याइएको ओखती साबुन उत्पादक संस्था श्री जयकाली जडिबुटी उद्योग प्रा लिका संस्थापक शोभाकान्त बस्यालले बताए । उनका अनुसार, विभिन्‍न जडिबुटीहरुको प्रयोग गरि बजारमा ल्याइएको ओखती आयुर्वेदिक तेल सबै उमेर समूहका लागि उपयोगी छ।

ओखती तेलको फाइदाः

रुघाखोकी, जोर्नी, मांशपेसी, जिउ तथा टाउको दुख्‍ने नाक बन्द हुने र थकान महशुस लगायतका स्वास्थ्य समस्या भएका व्यक्तिले यस तेलको प्रयोग गर्दा धेरै राम्रो हुने बस्यालले बताए । त्यस्तै, यो तेलले प्रयोगले दाँत दुखाइलाई पनि कम गर्छ  । दाँत दुखेको समयमा कपासमा राखी दाँतभित्र राख्नाले दुखाइ कम हुनुको साथै गिजा सुनिने समस्याबाट पनि राहत पाउन सकिने उनको भनाइ छ ।  

यो तेलको बिशेषताको आधारमा चिसोयाममा अझै प्रभाबकारी हुने देखिन्छ । चिसो तथा निमोनियाबाट बच्नको लागी पनि यो तेल निकै उपयोगी रहेको उनले जानकारी दिए । नियमित रूपमा बिहान बेलुकी दुई र दुई थोपा तातोपानीमा राखी बाफ लिनाले रुघाखोकी निको पार्न मद्धत गर्छ । 

यो तेल बजारमा सरल र सुलभ मुल्यमा उपलब्ध छ । यो तेल जम्मा ५० रुपैयाँमा बजारमा उपलब्ध रहेको उनले जानकारी दिए ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment