तातो पानी पिउँदा मोटोपना नियन्त्रण देखि अन्य काइदा 

महिला स्वास्थ्य

२०७७ पुष २६ आइतबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - कुनै पनि व्यक्ति बाँच्नका लागि पानी अत्यावश्यक छ ।  चिकित्सक, पोषणविज्ञ मात्र नभएर सौदन्य विज्ञ पनि एक वयस्क मान्छेले स्वस्थ रहनका लागि एक दिनमा ६.७ लिटर शुद्ध पानी पिउनु पर्ने सल्लाह दिन्छन् ।

कोही व्यक्ति चिसो पानी पिउँन मन पराउँछन् भने कोहि तातो पानी पिउन मनपराउँने हुन्छन । तर विज्ञहरुले चिसो पानी पिउनुभन्दा तातो पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुने बिज्ञहरु बताउँछन् । 

तातो पानी पिउनुका फाइदाः 

शरीरको शुद्धिकरणः

तातो पानीले शरीरको शुद्धिकरण गर्छ । उमालेको पानी आफैमा शुद्ध त हुन्छ नै यसले शरीरको पाचन प्रणालीलाई पनि नियमित गर्छ । यदि  पाचन प्रणालीमा गडबडी छ भने दिनको दुइ पटक तातो पानी पिउनुपर्छ । बिहान उठ्ने बित्तिकै तातो पानी पिउँदा शरीरमा जम्मा भएका विषाक्त तत्वहरु मुत्रसँगै बाहिर जान्छन्, जसले पूरै रगत सफा पार्न मद्दत गर्छ । तातो पानीमा कागती र मह मिसाएर पिउँदा अझ बढि लाभदायी हुने बताइएको छ ।

कब्जियतबाट छुटकाराः 

शरीरमा पानीको मात्रा कमी भएपछि कब्जियतको समस्या उत्पन्न हुन्छ । दिनहुँ बिहान कम्तिमा १ गिलास तातो पानी पिएमा कब्जियतको समस्याबाट राहत पाउन सकिन्छ । 

मोटोपना नियन्त्रणः 

बिहान वा खानापछि हरेक पटक एक गिलास तातो पानीमा कागती वा मह मिसाएर पिउने गर्नुपर्छ । यसले मोटोपना नियन्त्रणमा  सघाउ पूराउनेछ । कागतीमा हुने पेक्टिन फाइबरले भोक कम गर्छ ।

चिसोबाट सुरक्षाः 

घाँटी दुख्यो वा टन्सिल भएमा तातो पानी पिउँदा फाइदा हुन्छ । तातो पानीमा नुन मिसाएर पिउँदा अझ लाभदायी हुन्छ ।

पसिनाको निष्कासन: 

तातो खानेकुरा खाएमा शरीरबाट पसिना निस्कन थाल्छ । शरीरको तापक्रम बढ्दा पसिना निस्कन्छ । पसिना निस्केपछि तापक्रम घट्छ र शितल हुन्छ । पसिनाले सरीरमा बढि भएको नुन बाहिर निकाल्छ र रगतको शुद्धिकरणमा सहयोग पुर्‍याउँछ ।

दुखाइ कम गर्नः 

महिलाहरुमा महिनावारीका समयमा पेट दुख्ने गर्छ । महिनावारीको समयमा पेट दुख्दा तातो पानीमा सुकुमेलको धुलो मिसाएर खाँदा दुखाइ कम हुन्छ । यसले केवल महिनावारीको दुखाइ मात्र होइन टाउको तथा पेटको दुखाइ पनि कम गर्छ ।
 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment