भोगटे खाँदा स्वास्थ्यमा हुने चमत्कारिक फाइदा यस्ता छन्
महिला स्वास्थ्य
२०७७ पुष २६ आइतबार

काठमाडौं - भोगटे पोषण तत्वले भरिपुर्ण फल हो । ६१० ग्रामको एउटा भोगटेमा २३१ क्यालोरी प्राप्त हुन्छ । यो फलमा कार्बोहाइडेड, प्रोटिन, फाइबर, पोटासियम, कपर, भिटामिन सि, रिबोफ्लाबिन, थियामिन जस्ता तत्वहरु प्रचुर मात्रामा पाइन्छ ।
भोगटे एन्टीएक्सिडेन्टका लागि धनी फल हो । यसले हाम्रो शरीरका ड्यामेज सेलहरुलाई रिकभर गर्न ठूलो भूमिका खेलेको हुन्छ । यो मुटु सम्बन्धी समस्या निदान गर्न उत्तम फल हो । त्यस्तै, भोगटेले क्यान्सर सेलका बिरुद्द लडाईं गर्छ ।
यो फल कुनै पनि खानामा र कुनै पनि समयमा सहज प्रयोग गर्न मिल्छ। यो फल रोग प्रतिरोधात्मक क्षमता बृदि गर्न सहयोगी फल हो । साथैपाचन प्रणालीका लागि उपयोगी फल हो। त्यस्तै बोन हेल्थका लागि उत्तम फल हो। बुढोपना देखिनबाट बचाउँछ । यसलाई संक्रमण हुनबाट जोगाउने फलको रूपमा पनि लिइन्छ ।
यसले डाइबिटिज हुनबाट जोगाउँछ । यो स्किन केयर र कपालका लागि निकै उपयोगी फल हो । डन्डीफोर आउने समस्याका लागि पनि उपयोगी फल हो ।
’महिला स्वास्थ्य