नवजात शिशुमा कस्ता लक्षण देखिदा सामान्य मान्ने

महिला स्वास्थ्य

२०७७ पुष २८ मंगलबार

फेसबुक , जनाइएको , शेर्पा

 काठमाडौं - नवजात शिशुमा जन्मेको पहिलो हप्तामा केहि असामान्य परिर्वतनहरु देखिने गर्छन् त्यसलाई सामान्य रुपमा लिइने बिज्ञहरुले बताएका छन् । जानौं जन्मेको १ हप्ता सम्ममा देखिने कस्ता लक्षणलाई सामान्य मान्ने यहाँ उल्लेख गरिएको छ । 

जन्मेको पहिलो हप्तामा आमाबाट गएको हर्मोनको कारणले नानिहरुको योनिबाट ३ वा ४ दिनसम्म हल्का रगत बग्न सक्छ । 

जन्मेको पहिलो हप्तामा शिशुको शरीरमा दादुरा जस्तो देखिने रातो बिबिरा देखिन सक्छ । 

जन्मेको १५ दिनसम्म नवजात शिशुको आँखा, गिजा, अनुहार र पेटसम्म शरीर हल्का पहेँलो हुनसक्छ । 

आमाको हर्मोनबाट गएको हर्मोनको प्रभावले कहिले काहि नवजात शिशुको स्तनको आकार बढेर हल्का दुध आउँन सक्छ । 

स्तनपान गर्ने नवजात शिशुले हरेक पल्ट दुध खाने बित्तिकै  पिचिक्क दिसा गर्न सक्छ । 

नवजात शिशुले समय समयमा हात थर्रर कमाउन सक्छ, ह्याछ्यु गर्न सक्छ । 

नवजात शिशुले खाएको मात्राको एक चोथाइसम्म उलुक् उलुक्क निकाल्न सक्छ । 

नवजात शिशुहरु १६ देखि १८ घण्टासम्म सुत्छ ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment