जानौं, हाम्रो आहारशैली कस्तो हुनुपर्छ ?

महिला स्वास्थ्य

२०७७ पुष २९ बुधबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - व्यक्तिको खाना खाने बानी तथा तरीका नै आहारशैली हो । शारीरिक तथा मानसिक स्वास्थ्यको महत्वपुर्ण सम्बन्ध हरेक व्यक्तिको खानेकुरासँग हुन्छ । त्यसैले, आहार शैलिमा सचेत हुन आवश्यक छ । स्वस्थ्यकर आहार शैलिका लागी सामान्यतया निम्नानुसारका बिषयहरुमा बिशेष ध्यान दिन जरुरी छ । 

आहार शारीरिक तथा मानसिक क्रियाशिलताको आधारमा सन्तुलित हुनुपर्छ । 

दैनिक भोजनमा अन्नका साथै खेतबारीमा उत्पादन हुने सागपात तथा मौसम अनुसारका फलफुल समाबेश हुनुपर्छ । 

भोजन सफा र ताजा हुनुपर्छ । 

सामान्यतय दिनभरीमा ३ देखि ४ घण्टाको अन्तरालमा  ४/५ पटक ठिक मात्रामा खाना खानु स्वस्थ्यकर मानिन्छ । 

भोक लागेको समयमा मात्र खाना खाने गर्नुपर्छ । 

दिनको तुलनामा रातिको खाना हल्का सुपाच्य (सजिलै पच्ने) र परिणाममा पनि थोरै हुनुपर्छ । 

खाना राम्रोसँग चपाएर मात्र खानुपर्छ । 

भोजन गर्दा सामान्यतय आमाशयको कुल आयतन क्षमता (१.५लिटर) लाई चार भागमा विभाजन गरी दुई भाग खानाको लागी, एक भाग पानी र एक भाग खालि राख्नु स्वस्थ्यकर हुन्छ । 

भोजनको लगत्तैपछि अत्याधिक मात्रामा पानी पिउनु, कडा खालका काम गर्नु, जोडले हास्नु आदि कार्यलाई स्व्स्थ्यकर मानिदैँन । 

ऋतु अनुसार शारीरिक पाचन शक्तिमा घटबढ हुने भएकाले सोहि आधारमा भोजन गर्ने गर्नुपर्छ । साथै ऋतु अनुसारका सागपात तथा फलफुल पनि पर्याप्त मात्रामा खानुपर्छ । 

केहि खाद्यपदार्थ एकअर्कासँग वा एक आपसमा मिसाएर खानु हुदैँन जस्तै माछा मासु सँग दुध खानु हुदैन । 
 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment