डायपर र्यास हुन नदिन अपनाऔं यस्ता सावधानी

महिला स्वास्थ्य

२०७७ पुष २९ बुधबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं- सजिलोका लागि डाइपरको प्रयोग गर्ने गर्दछन् । कहि कतै टाढाको यात्रा गर्दा बाटोमा नै आफ्ना स साना नानी बाबुहरुले दिसा पिसाब गर्लान भनेर डाइपरको प्रयोग गर्ने गरिन्छ । यो एक हिसाबले झन्झटिलो कामबाट राहत पाउँनु पनि हो । बालबालिकालाई डाइपरले लगाउँदा पार्न सक्ने असर बारे पनि अभिभावकहरु सचेत हुन उतिकै आवश्यक हुन्छ । 

बालबालिकाहरुलाई लामो समयसम्म डाइपरको प्रयोग गरिरहदा एलर्जी, घाउँ हुने जस्ता समस्या निम्त्याउन सक्छ । त्यसकारण डाइपरको प्रयोग गर्नु अगाडी यसलाई कति समय सम्म प्रयोग गर्ने भन्ने जानकारी लिनुपर्ने हुन्छ । 

धेरै अभिभावकहरुले डाइपरको प्रयोगले आफ्नो शिशुमा एलर्जी घाउँ र डाइपर लगाउनै नमान्ने रुने गरेको बताउँछन् ।  

डायपर र्यास हुन नदिन के गर्ने ?

चिसो फोहर डाइपर तुरुन्त बदल्ने,

धरै डाइपरको प्रयोग नगर्ने, 

कपास र मनतातो पानीले डाइपर एरिया सफा गर्ने,

सफा गरे पछि र्यास भएको र्यास क्रिम लगाइदिने, 

डाइपर बदले पछि आफुले साबुन पानीले हात धुने,

समय समयमा बच्चा सुतेको बेला डाइपर एरिया खुला राख्ने

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment