बालबालिकाको दुष्टि कसरी जोगाउने 

महिला स्वास्थ्य

२०७७ पुष २९ बुधबार

फेसबुक , जनाइएको , शेर्पा

- डा सुजता भण्डारी

काठमाडौं - शिशु जन्मेदेखि नै दुष्टि जोगाउने कार्य सुरु हुन्छ । यस कार्यमा अभिभाबक बिशेष सचेत हुनुपर्छ । शिशुको दुष्टि जोगाउन बाल रोग बिशेषज्ञले आँखाको रेड ग्लो हेर्नु जरुरी हुन्छ र केहि समस्या देखिए आँखा रोग बिशेषज्ञकोसँग परिक्षण गराएमा दुष्टि जोगाउन सकिन्छ । 

यदि कुनै शिशुमा जन्मजात मोतियाबिन्दु भए रेड ग्लो हेर्दा थाहा पाउन सकिन्छ । 

समय पुग्नु अगाबै जन्मेका शिशुमा प्रायः पर्दाको समस्या देखिने गर्छ । यसलाई रेटिनोप्याथी अफ प्रिम्याचुरिटि भन्ने गरिन्छ । यस समस्यामा पनि समयमा नै  उपचार गर्दा दुष्टि जोगाउन सकिन्छ । 

उमेर बढ्दै जाँदा दुष्टि दोष देखिन सक्छ । हाल नेपाल सरकारले स्कुल जानु अघि आँखा परिक्षण अनिवार्य गरेको छ । बालबालिकाको आँखामा हुनसक्ने समस्याबाट जोगाउन यसले मद्धत गर्न सक्छ । स्कुल जाने उमेरका बालबालिकामा दुष्टि दोष देखिने सम्भाबना बढि हुन्छ । यो समयमा आँखा परिक्षण गर्दा धेरै बालबालिकालाई दृष्टि दोष सम्बन्धि समस्याबाट बचाउँन सकिन्छ । 

अभिभाबकले शिशुको आँखामा भएको समस्या  कसरी पचिान गर्ने ? 

शिशुहरुले  आफ्ना समस्याहरु अभिभाबकलाई बताउन वा इशारा गर्न सक्दैनन् त्यसैले अभिभाबक नै चनाखो हुनुपर्छ । आमाले शिशुलाई स्तनपान गराउदाँ शिशुको क्रियाकलापलाई बिशेष ध्यान दिनुपर्छ । समयबित्दै जाँदा शिशुमा आउने परिर्वतनहरु जस्तै आमाको अनुहारमा हेरेर हास्छ हास्दैन, खेल्ने सामाग्रीहरु दिदाँ समाउँछ समाउँदैन, लाइटमा हेर्छ हेर्दैन यसको आधारमा आफ्नो शिशुको आँखामा समस्या छ या छैन भन्ने थाहा पाउँन सकिन्छ । 

दृष्टि दोष भएमा आमा र शिशु दुवैलाई थाहा नहुन सक्छ । दृष्टि दोष हुदाँ एउटा आँखाले राम्ररी देखेको छ भने अर्को आँखा अल्छि भएको हुन सक्छ त्यसैले थाहा नहुन सक्छ । बालबालिकाको आँखामा कुनै समस्या भए वा नभएमा पनि समय समयमा बालबालिकाको भिजन स्क्रिनिङ गराउँनुपर्छ ।

(डा. भण्डारी हाल नेपाल आँखा अस्पतालमा पेडाट्रिसियन अन्कोलोजिस्टको रुपमा कार्यरत छिन्)

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment