उपत्यकामा थपिए २४६ संक्रमित
महिला स्वास्थ्य
२०७७ पुष २९ बुधबार

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४६ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौंमा १८९ , ललितपुरमा ३८ र भक्तपुरमा १९ जना कोरोना संक्रमित थपिएका हुन्।
त्यस्तै आज देशभर ४ सय ४५ जना कोरोना संक्रमित थपिएका छन्। भने ४ सय १४ जना संक्रमणमुक्त भएका छन्।
यो सँगै कुल संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको छ। त्यस्तै, आज देशभर उपचारत २ लाख ५९ हजार ३ सय ७७२ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
’महिला स्वास्थ्य