'सजिलो सहज देखिने जटिल र चुनौतीपूर्ण पेशा नर्सिङ' 

महिला स्वास्थ्य

२०७६ बैशाख २९ आइतबार

फेसबुक , जनाइएको , शेर्पा

-समृद्धा के.सी.

काठमाडौं । 'सर्वव्यापी स्वास्थ्य सेवामा पंहुचका लागि नर्सको भूमिका'  भन्दै यो वर्ष पनि विभिन्न कार्यक्रम गरेर अन्तराष्ट्रिय नर्सिङ दिवस मनाईदै छ । नर्सिङको जन्मदाता  फ्लोरेन्स नाईटिङगल्स अथवा 'lady with the lamp'को  जन्मदिन जसको सम्झनामा हामीले हरेक वर्ष मे १२ मा विश्व नर्सिङ दिवसका रुपमा मनाउदै आईरहेका छौं । 

अहिलेको समयमा नर्सिङ पेशामा नयाँ नयाँ अवसर आईरहेका छन् भने चुनौतिहरु पनि उत्तिकै रहेका छन् । सरसर्ती र्हेदा नर्सिङ  पेशा जति सजिलो र सहज देखिएता पनि वास्तवमा यो पेशा एकदमै जटिल र गाह्रो पेशाका रुपमा रहेको छ । नर्स भन्नेको त्यो  व्यक्ति हो जो जिवनको सुरुवात देखि  जिवनको अन्त्य सम्म हरबखत , २४ सौं घण्टा  विरामीको साथमा हुन्छन् । आज नर्सिङ पेशा  सेवामुखी  पेशाका साथै व्यवसाहिक रुपमा पनि विकसित भईरहेको छ । यस पेशाको विकास सँगसगै  विभिन्न किसिमका चुनौति र जटिलताहरु देखा परेका छन् । सामान्यतया लाखौं खर्च गरेर नर्सिङ  अध्ययन गरी दिनरात मेहनत गरेता पनि ७-८ हजार पारीश्रमिक बुझेर जागिर गर्नु पर्ने अवस्था सृजना भएको छ । त्यसैगरी कार्य क्षेत्रमा कामको उचित मुल्याङ्खन र प्रोत्साहान नहुदा काम गर्ने मनोबल घटी आज वर्षेनी नर्सहरु  विदेश पलायन भइरहेका छन् । जसले गर्दा दक्ष प्रविधिक जनशक्तिको अभाव खढकिएको छ । सन् २०१९ मार्च २९  सम्मको तथ्याङ्ख र्हेदा  ८७,७४८ जान नर्सहरु   नेपालका काउन्सीलमा दर्ता  भएका छन् जसमध्य १०० औं को संख्यामा नर्सहरु विदेश पलायन भएका छन् । रोजगारीको अवसर र उचित तलवको व्यवस्था नहुदा दक्ष जनशक्ति विदेशिन बाध्य बनेका छन् । 

यसरी हेर्दा हाम्रो देशमा नर्स र बिरामीको  अनुपात पनि नमिलेको देखिन्छ । सामान्यतया आई .सि यू १ः२ , सुत्केरी कक्षमा १ः२ र जनरल वार्डमा १ः६ को अनुपात हुनु पर्ने हो  तर नेपालमा  १ जना नर्सको भागमा २०-३० जना सम्म बिरामी पर्ने गर्छन , जसले गर्दा नर्सले सबै विरामीलाई उत्तिकै समय दिन नसक्दा स्वास्थ्य सेवाको गुणनस्तर खसक्दै गईरहेको छ भने १ जना नर्सले त्यति धेरै विरामी हेर्नु पर्दा विरामी सन्चो पार्ने नर्स नै विरामी पर्ने अवस्थामा छन् ।

च्याउ जसरी खोलिएका नर्सिङ   कलेजहरु जुन विना मापदण्ड पुरा नगरेर खोलिएका कलेजबाट वर्षेनि हजारौंको सख्यामा नर्सहरु उत्पादन हुन्छन् जसले गर्दा विद्यार्थीहरुले  राम्रो सँग सिक्ने र पढ्न् अवसहरु पाउदैनन्  यसको प्रत्यक्ष वा अप्रतयक्ष  असर स्वास्थ्य  सेवाको गुणस्तरमा पर्न जान्छ । 

नर्सिङ  पेशा एक चुनौतिपूर्ण पेशा हो ।  दिन रात , भोक , निन्द्रा , सन्चो बिसन्चो,  केही नभनी खटिनु पर्ने अवस्था  र त्यसै माथि सेवा सुविधाको अभाव सरकारी  क्षेत्रमा केहि हदसम्म सेवा सुविधा भएता पनि निजि क्षेत्रमा ती सबै सेवा कटौती गरिएको छ । जस्तैः सुत्केरी बिदा सरकारी सेवामा ९८ दिन छ भने निजी अथवा सरकारी सेवा बाहेकका लाई सुत्केरी समयमा  जारीर छोड्नु  पर्ने बाध्यता छ । अरुलाई ६ महिना सम्म पूर्ण रुपमा स्तनपान गराउनु पर्छ  भनेर सिकाउने नर्स आफ्नै बच्चालाई प्राप्त मात्रामा स्तनपान गराउन पाइरहेका छैनन् , जसको परिमाण स्वरुप बच्चाहरु कुपोषण साथै अन्य समस्याहरु पनि देखिदै गईरहेका छन्  यस्ता विभिन्न समस्याले नर्सहरुको काम प्रतिको मनोबल घट्दै गइरहेको छ । 

नर्सहरुका समस्याका बारेमा बेलाबखतमा आवाजहरु नउठेका पनि हैनन् तर सरकारी पक्षले त्यसको सुनवाई नगरेको देखिन्छ हालैमात्र नर्सहरुले ११ र ५ बुदेमाग लिएर आन्दोलन गरेका  थिए तर सकारले कति नर्सहरुलाई प्रहरी हिरासतमा पनिलियो भने ती मागहरुको आज सम्मकुनै सुनवाई भएको छैन् । 

नर्स भनेका अस्पतालमा मुटु हुन् उनीहरु विना अस्पतालको कल्पना पनि गर्न सकिदैन् त्यसकारण नर्सहरुलाई सम्मान ,  प्राप्त सुविधा र काम प्रति प्रोत्साहान दिउ जसबाट  स्वास्थ्य सेवाको गुणस्तरमा सुधार ल्याउन मद्दत गरोस् । 

(स्टाफ नर्स सरला के.सी., कणाली प्रदेश अस्पतालमा कार्यरत छिन् )

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment