१. केहीमा रुघाखोकीका लक्षण
२. ज्वरो सात दिनभन्दा बढी रहने ।
३. लामो समय खोकी रहने। अत्यधिक सुक्खा खोकीले कसै कसैको खकारमा रगत समेत देखा पर्ने।
४. टाउको र शरीरका मांसपेशी दुख्ने
५. छालामा एलर्जी आउने
६.शरिरमा शिथिलता आउने
७. स्वाद वा गन्ध हराउने
८. रिङटा लाग्ने
९. कतिपयमा वाकवाकी र पखाला लाग्ने
१०. कतिपयमा मुख सुक्खा हुने, घाँटी खसखसाउने, दुख्ने
११.लक्षण देखिएको ६ देखि ७ दिनमा निमोनिया भएर सास फेर्न गाह्रो भई अस्पताल भर्ना हुने अवस्था आउने
सावधानी:
ज्वरो :
१. ज्वरो ३ दिन भन्दा कम समय १०१ डिग्री फ. भन्दा कम आएर निको भएमा जटिलता आउने सम्भावना कम हुन्छ।
२. केहि दिन ज्वरो नआएर पछि ज्वरो आएमा ब्याक्टेरियाको संक्रमण हुन् सक्छ ।
३. ज्वरो ५ दिन भन्दा बढी समय रहेको, ज्वरो बढ्ने क्रममा रहेको छ भने जटिलता आउने र निमोनिया हुने सम्भावना बढी हुन्छ ।
४. काम्ने प्रकारको ज्वरो छ भने निमोनिया हुन् सक्छ ।
५. वृद्द र दिर्घ रोगीमा सुरुमा ज्वरो नआईकन पनि एक्कासी जटिलता आउने वा निमोनिया हुने हुन् सक्छ ।
६. ज्वरो हप्ता/दश दिन सम्म पनि आउन सक्छ।
खोकी:
१. सामान्य घांटी खसखस हुने, घाँटीको एलर्जी, रुघाको जस्तो लक्षण भएर घांटी दुख्ने भएमा वा खोकी लागेमा सामान्य खोकी हुन् सक्छ । यस्तोमा अदुवा, मरिच, तुलसी, टिमुर राखेको चियाले राम्रो गर्छ ।
२. आवाज सहित खोकी आउने, खकार आउने, छाती दुख्ने भएमा छातीमा संक्रमण र निमोनिया हुन् सक्छ । यस्तो बेलामा कफ निकाल्ने प्रकारको औषधि जस्तो असुरो (वासा ) चुर्ण, वसावलेह आदि राम्रो हुन्छ । यो अवस्था जटिलताको अवस्था भएकोले आफैले औषधि नचलाई चिकित्सकको रेखदेखमा उपचार गर्नु पर्ने हुन्छ । सुविधा भएको स्थानमा एक्स-रे गराउनु पर्दछ ।
श्वास प्रश्वास दर र अक्सिजनको मात्रा:
१. दम, डर, त्रास र ज्वरोको कारणले स्वाँ स्वाँ बढ्न सक्छ ।यो सामान्य हो।
२. संक्रमित व्यक्तिको शरीरमा अक्सिजनको मात्रा अक्सिमिटरले नियमित नाप्ने। अक्सिजनको मात्रा ९४ भन्दा कम भए तुरुन्त स्वास्थ्य परामर्श लिने।
३. दम, डर, त्रास र ज्वरो नभएको अवस्थामा पनि स्वाँ स्वाँ हुन्छ भने ज्वरो नभएको बेलामा श्वास प्रश्वास दर नाप्ने।मध्यम स्तरको संक्रमण देखिएका बिरामीमा श्वासप्रश्वासको गति प्रतिमिनेट २४ पटकभन्दा बढी देखिन सक्छ भने शरीरमा अक्सिजनको मात्रा ९० देखि ९३ प्रतिशत देखिन्छ। त्यस्ता विरामीहरुलाई खुला स्थानमा घोप्टो सुताउने/अनुलोम/ विलोम गराउने र अवस्था सुधार नभए ढिलो नगरी स्वास्थ्य संस्थामा लैजाने ।
४. गम्भीर अवस्थामा श्वासप्रश्वासको दर प्रतिमिनेट ३० भन्दा बढी र अक्सिजनको मात्रा ९० प्रतिशतभन्दा कम हुन सक्छ । यो आपतकालीन अवस्था हो। ढिलो नगरी सम्भव भए सम्म Oxygen भएको एम्बुलेन्स बाट विरामीलाई स्वास्थ्य संस्थामा लैजाने।
५. अहिले रोग नलागेको अवस्थामा आफ्नो अक्सिजनको मात्रा नाप्ने।यसबाट आफ्नो सामान्य अक्सिजनको मात्रा थाहा हुन्छ।धेरै जसोको ९५ भन्दा माथि हुन्छ।दमको विरामीको ८८-९२ को बिचमा सामान्य अवस्था हुन्छ। यी सामान्य अवस्थामा ३ पोइन्ट घटेमा छातीमा समस्या आउन लागेको संकेत हुन् सक्छ।यदि हिड्दा घट्छ भने निमोनियाको संकेत हुन सक्छ।
लक्षण देखिएको पहिलो ४-८ दिन अत्यन्त जोखिमपूर्ण समय हो।यस समयमा आयुर्वेद चिकित्सक वा अन्य चिकित्सकको परामर्शमा आयुर्वेद औषधि/जडीबुटी वा अन्य औषधि सेवन गर्ने।
घरेलु उपाय:
सबैले आफनो उच्च मनोवल कायम गरौ।सचेत बनौ ,निरास होईन।पहिला अरु कुरा को भन्दा नि आफनो शरीर माथि विश्वास गरौ। कोरोना लाग्दैमा मृत्यु हुदैन।जति सकिन्छ प्राकृतिक खानपिन ,आहार विहार, प्राकृतिक जिवन शैलि अवलम्बन गरौ, प्रकृतिको विरुद्ध नलागौ। रोग प्रतिरोधात्मक उपायहरु र त्यस्ता जडिबुटीको निरन्तर सेवन गरौ, सदा सकारात्मक सोचका साथ जिवन जिउने प्रयत्न गरौ । नआत्तिनुस, हौसला बनाईरहनुस ।
अत कोरोना संक्रमण भएमा घर मै आफै गर्न सकिने महत्त्वपूर्ण उपायहरु :
१. एक बुढी औला जति मोटो र बुढी औला जति लामो गुर्जो वा ३ देखि ५ ग्राम गुर्जो चुर्ण २ कप पानीमा राखेर मन्द आगोमा पकाउने र आधा भएपछि छानेर पिउने। आवश्यकतानुसार मह,गुढ ,मिश्रि मिसाएर लिन सकिन्छ।
२. जेठीमधुको चुर्ण ३ ग्राम र अश्वगन्धा चुर्ण ३ ग्राम बिहान बेलुका खाली पेटमा मनतातो पानी संग खाने।
३. कागती पानी तातो, दिनको २ पटक खाने वा अमलाको रस 10-20ml लिने ।
४.सुख्खा खोकी लागेमा अदुवाको टुक्रा पोलेर चुस्ने वा ल्वांग सुकमेल चबाउने, हर्रोको फललाई हल्का पोलेर मुखमा राखि चुस्ने वा कालो जिरा १/२ ग्राम पनि लिन सकिन्छ। खोकी बढी लागेमा आयुर्वेद औषधि खानु पर्ने हुन्छ वा चिकित्सकको सल्लाह लिनु पर्ने हुन्छ।
५.स्वर बसेमा बोझोको वा खयरको सानो टुक्रा मुखमा राखेर चुस्ने।
६.नाक बन्द भएमा, टाउको दुखेमा साझ बिहान सफा पानी को वाफ लिने।वाफ लिदा ज्वानो ,असुरो, कपुर, लेमनग्रास, तुलसि आदिको पात राखेर लिन सकिन्छ। वा तोरिको तेल वा तिलको तेल वा बदाम तेल, २/३ थोपा दुबै नाकमा वाफ लिए पछि राख्ने ।
७.घाटि दुखेमा मनतातो पानी वा पानीमा थोरै नुन बेसार राखेर मुखकुल्ला गर्ने।
८.ज्वरो, छाति दुख्ने, खोकी, शरीरको दुखाई भएमा भएमा असुरोको पात, तुलसीपत्र, चिराईतो , कण्टकारी, तेजपात, दालचिनि, अदुवा, चन्दन, राम्रो संग छिप्पिएको गुर्जोको काण्ड कुटेर, मरिच राखेर उमालेर चिया दिनमा ४-५ पटक पिउने। धेरै ज्वरो आएमा सिटामोल पनि लिन सकिन्छ ।
९.पखाला वा पाचन प्रकृयामा समस्या भएमा वेलको, आपका, पिपलका कलिला पात ४/५ वटा धोएर दिनमा ४-५ पटक चपाएर खाने। साथै दाल/तरकारी हिंगले झानेर वा राखेर खाने साथै खाना र चटनीमा वीरेनुनको प्रयोग बढाउने। भुटेको धनिया, जिरा, सौप यि मध्ये कुनै एक वा सबै मिलाएर ३-५ ग्राम खाने।
१०.झोल कुरा प्रशस्त खाने। सके सम्म चनाको झोल, ज्वानोको झोल प्रशस्त खाने। मनतातो पानी वेला वेलामा खाने। सुगर/प्रेसर नभएकाले जीवनजल पनि खान सकिन्छ।
११.स्वस्थ जीवनशैली, खानपिन गर्ने तरिका, व्यायाम, योग, प्रणायाम आदि कुराले कोरोना लगाएत सर्ने, नसर्ने दुवै रोगमा फाईदा गर्छ।
१२. खुला अनि झ्याल ढोकाभएको स्थान मा बस्ने वा सके सम्म खुला एकान्त स्थानमा बस्ने ।
१३. अनुलोम बिलोम - यो अभ्यास कम से कम १० पटक गर्दा शरीरलाई फाइदा हुन्छ। यो प्राणायम शरीरको लागि अत्यन्त आवश्यक छ।
१४. कपालभातिमा लामो सास लिँदै फाल्नु पर्ने हुन्छ। यो गर्दा शरीरमा प्रसस्त मात्रामा अक्सिजन पुग्छ। यो अभ्यास कम से कम १० मिनेट बिहानको समयमा गर्दा फाइदा पुग्छ। यो कुनै पनि समयमा गर्न सकिन्छ।
१५. श्वासकै अरु प्रणायाममा भस्त्रिका, उज्यायी, शीतकारी आदि गर्न सकिन्छ ।
१६. सिंहासन पनि बहुउपयोगी छ।
१७. घोप्टिएर सुत्ने (Prone position) पनि अक्सिजन वढाउन ज्यादै उपयोगी छ।
१८. पल्स अक्सिमिटर भए औलामा राखेर अक्सिजन नाप्ने। Oxygen को मात्रा ९४ % भन्दा कम भए खुला हावा लाग्ने ठाउमा विरामीलाई घोप्टो पारेर सुताउने। अनुलोम विलोम वा लामो श्वास बेलाबेलामा लिइरहने। Oxygen नाप्दा न्यानो औंलामा नाप्ने। चिसो औंलाले कम अंक देखाउँछ।
१९. सम्पूर्ण औषधि, पानी सबै खाई सकेपछि सुत्नु भन्दा अगाडी एक गिलास तातो पानीमा वा दुध मा सानो चम्चाको १ चम्चा बेसार राखि पिउने। त्यस पछि पानी पनि नखाई सुत्ने।
२०. प्रयाप्त मात्रामा आराम गर्ने। तनाव भय, त्रास हुने काम नगर्ने।
२१.मनोबल उच्च राख्ने, परिवार, आफन्त र समाजले सहयोग, सदभाव बढाउने। नेपाल सरकारले भनेको नियमहरु को पालना गर्ने ।
२२. यस वाहेक लक्षण अनुसारका अन्य आयुर्वेद औषधि चाहिन सक्छ, त्यसको लागि थप सल्लाह सुझाव चाहिएमा आयुर्वेद चिकित्सकसंग वा आयुर्वेद अस्पताल वा अन्य कोभिड अस्पतालमा सम्पर्क गर्ने।
२३. निमोनिया वा स्वास प्रस्वासमा कुनै समस्या भएमा वा श्वास लिन गार्हो महसुस भएमा वा Oxygen को मात्रा ९२ (९४ माथि उत्तम) भन्दा कम भएमा तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्ने।
२४. खोकि धेरै छैन, सास लिन गाह्रो भएको छैन, बान्ता भैरहेको छैन, पखाला धेरै छैन, छातिमा अप्ठेरो भएको छैन भने आत्तिनु पर्दैन।
२५. भिटामिन सि र जिन्क चक्कि खान सक्नुहुन्छ।
२६. नियमित खाईरहेका औषधिहरु पहिले जस्तै लिनुहोस्।
२७.आफ्ना प्रीयजन सङ्ग निस्चित दुरि कायम गरि र मास्कको उचित रुपमा प्रयोग गरि आबस्यकता अनुसार सम्पर्कमा रहिरहनुस्।
२८. मद्यपान धुम्रपान जस्ता कुलत हरु छन भने येहि बेला हो छाड्ने, छाडिहाल्नुस्।
२९. स्वास्थ्य संस्थामा लानुअघि बिरामीलाई घोप्टो सुताए फाइदा हुन्छ।
लेखक: डा. प्रकाश ज्ञवाली (९८४१२५८२३३) द्वारा जनहितमा जारी