काठमाडौं । हामीले हाम्रो कपाल स्वास्थ्य राख्नका लागि विभिन्न उपायहरु अपनाउने गरेका हुन्छौं । चाहे त्यो महँगो श्याम्पू, तेल लगाएर अथवा ट्रितमेन्ट गरेर होस् वा घरमा प्रयोग गरिने विभिन्न घरेलु उपाय होस् हामीले हाम्रो कपाललाई स्वास्थ्य राख्नका लागि निकै मेहेनत गरेका हुन्छौं ।
दिनभर धुलो-धूवाँबाट जोगाएर हामी हाम्रो कपालको हेरचाह गर्छौं । तर, सुत्ने बेलामा रातभर कपाललाई बेवास्ता गरिरहेका हुन्छौं । दिनमा मात्र नभएर हामीले राती सुतिरहेको बेलामा पनि यसको ख्याल राख्नु पर्छ । राती सुत्दा कपालको ख्याल नगरेको खण्डमा कपाल छिट्टै टुक्रिने वा रुखो हुने समस्या देखा पर्न थाल्छ ।
कपाल खोलेर सुत्दा कपाल कमजोर हुने गर्छ । कपाललाई राती सुत्दा खुला छाड्ने गर्नाले सुत्ने पोजिशन सँगै कपालको पोजिशन पनि बेला बेलामा परिवर्तित हुने गर्छ । यस्तो हुदा कपाल बतरिएर, लट्टा पर्ने, झर्ने तथा कपालमा क्षति पुग्ने हुन सक्छ ।
राति कपाल बाधेर सुत्नु कपालको स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । राती सुत्दा प्रयोग गरिने सिरानीले कपालको नरमपन तथा तेल सोस्ने गर्छ, जसले गर्दा कपाल रुखो र सुख्खा हुन्छ । त्यसैले तेल लगाएर कपाल बाधेर सुत्ने र बिहान नुहाउने गर्दा कपाल झर्ने समस्या कम हुनुका साथै कपाल सिल्की र चम्किलो हुन्छ ।
राति सुत्दा कपाल बाध्नाले कपालमा लट्टा पर्दैन , यसले गर्दा कपाल टुक्रने डर पनि रहदैन । हामीले भिजेको कपाललाई कहिल्यै पनि बाधेर सुत्नु हुँदैन । साथै कपाल बान्दा धेरै कस्सिने गरि बाध्नु हुदैन । यसले हाम्रो कपाललाई झन् कम्जोर बनाएर टुक्रयाउने गर्छ ।
यदि हामीलाई कर्ली कपाल मनपर्छ भने कपाललाई बाटेर वा जुरो बनाएर सुत्ने गर्दा विहान सम्ममा कपालमा न्याचुरल तरिकाले कर्ली बसेको हुन्छ । राति सुत्दा कपाल बाध्नाले कपाल टुक्रने जोखिमलाई ८० प्रतिशत सम्म कम गर्न सक्छ र कपाल पनि छिट्टै बढ्ने गर्छ ।