काठमाडौं । शहीद गंगालाल हृदयरोग केन्द्रमा एक वर्षमा १३७७ मुटुका शल्यक्रिया भएको छ। बिहीबार अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका निर्देशक डा.चन्द्रमणि अधिकारीले क वर्षमा १३७७ मुटुका शल्यक्रिया भएको बताएका हुन् ।
कार्यक्रममा उनले नेपालमा ७ प्रतिशत मुटु रोगीहरुको मृत्यु हृदयघातबाट हुने गरेको अस्पतालको तथ्यांक रहेका बताएका छन् । यो तथ्यांकलाई मान्ने हो भने हृदयघात भएपछि ३० प्रतिशत मानिसहरु घर फर्किएर जाँदैनन्।
सबैले बुझ्नुपर्ने कुरा के छ भने हृदयघात नै हुन नदिनु ठूलो कुरा हो। हृदयघात भएपछि धेरै जनाको मृत्यु हुन्छ।हृदयघात भएको मानिसको उपचार मंहगो छ। अप्रेशनका लागि सरकारबाट ठूलो सहयोग छ। तर, पनि बिरामीले जिन्दगीभर औषधि खानुपर्ने हुन्छ।
यो हिसाबले हर्दा हृदयघातलाई कसरी रोक्ने भनेर बुझ्नुपर्छ।हृदयघातलाई दुई किसिमबाट नियन्त्रण गर्न सकिन्छ–परिवर्तन गर्न सकिने र नसकिने।दक्षिण एसियामा हृदयघात हुने प्रमुख समूहमा नेपाली पनि पर्छौं। त्यसैगरी, उमेर, वशांणुगत र महिलाको तुलनामा पुरुषलाई बढी हुने सम्भावना हुन्छ। परिवर्तन गर्न सकिने कुरा प्रमुख कुरा धुमपान हो।
अस्पताल आएका (सन् २०१२)मा बिरामीको हिस्ट्री लिँदा हृदयघात भएर आएका ४९५ मानिसमा ९७ दशमलब ८ प्रतिशतले धुमपान गरेको पाइयो। त्यही कुरालाई सन् २०१८ मा हेर्दा धुमपान गरेका ५७ प्रतिशत मानिसलाई हृदयघात भएको पाइयो।
हृदयघात हुने बिरामीको आयू अमेरिकाको तुलनामा दक्षिण एसियामा १० वर्षले घटिरहेको छ। पहिला–पहिला हामी भन्थौं–४० वर्षमुनिका हृदयघात भएका मानिस अस्पताल आउँदैनन्।तर, अहिले ४० वर्षभन्दा कम उमेरका मानिसमा हृदयघात भइरहेको छ। सन् २०१२ को जुनदेखि २०१३ को जुनसम्म हृदयघात भएर आएका बिरामीको अध्ययन गर्दा सबैभन्दा बढी कारक तत्व धुमपान थियो। जसमा ६४ प्रतिशतले चुरोट सेवन गर्ने गर्थें।