दाम्पत्य सुखको एउटा आधार मानिन्छ, यौनलाई । दम्पतीबीच हुने सक्रिय यौनले उनीहरुको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ । तर, यौनमा दुबै पार्टनरको समान रुची र उपस्थिती हुनुपर्छ । जब श्रीमान् र श्रीमती दुबै यसका लागि मानसिक तथा शारीरिक रुपमा तयार हुन्छन्, तब यौन जीवन सुखमय हुन्छ । रोमाञ्चक हुन्छ ।
अक्सर के देखिन्छ भने, यौनमा दुबैको उपस्थितीमा असन्तुलन । श्रीमान्लाई रुची भए, श्रीमतीमा अरुची । श्रीमतीमा रुची भए, श्रीमान्लाई अरुची ।
जब एक पार्टनर यौनमा शिथिल हुन्छन्, तब यौनसुख प्राप्त हुँदैन । यस्तो अवस्थामा जबरजस्ती यौन सम्बन्ध राख्नुलाई उचित मानिदैन पनि । यसर्थ, यौनमा समान सहभागीता अपरिहार्य हुन्छ ।
तर, जब जब दम्पतीबीच यौन सम्बन्धको चर्चा हुन्छ, अक्सर पुरुषहरुमा असन्तुष्ट पाइन्छ । उनीहरुले यसकारण चित्त बुझाइरहेका हुँदैनन्, पार्टनरले साथ दिएनन् । भनौं, श्रीमतीमा यौनरुची भएन ।
कतिपय पुरुष खुलेरै भन्छन्, ‘मलाई यौनमा जति चाहना हुन्छ, श्रीमतीलाई हुँदैन ।’ के साच्चीकै पुरुषको तुलनमा महिलामा यौनेच्छा कम हुन्छ त ?
पुरुषको यौन-व्यवहार
हस्तमैथुन, स्वप्न मैथुन, यौन अपराध, एक्स्ट्रा म्यारिटल अफेरको तुलनामा पुरुष अगाडि हुन्छन् । यही धारणाकै कारण पुरुष बढी कामुक भएको ठहर्याउँछ । जुन गलत हो ।
महिला नै बढी कामुक ?
महिला नै बढी कामुक हुन्छन् भन्ने धारणा राख्ने पुरुषको संख्या पनि अहिले अत्यधिक छ ।
यस्तो सोंच विकास हुनुको कारण हो, एक पटक उत्कर्षमा पुगेपछि पनि महिलाले उत्तेजना दिइरहन सक्छन् । या कैयौँ पटक उत्कर्षमा पुग्ने क्षमता राख्छन् । जुन पुरुषको लागि मुस्किल छ । एक पटक उत्कर्षमा पुगेपछि पुनः सम्भोगको लागि तयार हुन पुरुषले केही समय लिनुपर्छ ।
यौन सम्बन्धका लागि अनुकुल वातावरण
यद्यपी शारिरिक सम्पर्कका लागि अनुकुल वातावरण, पार्टनरको चाहाना, आकर्षणलगायत थुप्रै कुराको भूमिका हुन्छ । त्यसैले, हचुवाको भरमा पुरुष वा महिला बढी कामुक हुन्छ भन्न सकिदैन । यो व्यक्तिविशेषमा पनि निर्भर गर्छ ।