काठमाडौं । थेरापी भन्ने बित्तिकै एउटा उपचारको प्रविधि भन्ने बुझिन्छ। लेजर विकिरणको प्रयोगबाट गरिने उपचारलाई लेजर थेरापी भनिन्छ।लेजर विकिरणले रोगी अंगलाई सेकाएर उपचार गर्छ। त्यो विकिरण छालाको माध्यमबाट भित्रि अंगसम्म ६ सेन्टी
मिटरसम्म पुगेर टिस्यू हिलिङको काम गर्छ जसले गर्दा रोगी अंग निको हुन्छ।
शरीरका कुनै पनि अंगमा रोग लाग्नु भनेको त्यो अंगका कोषिकाहरू अशक्त हुनु हो। हाम्रो शरीर थुप्रै अंगहरु मिलेर बनेको हुन्छ। हरेक अंगका आफ्नै प्रकारका कोषिकाहरू हुन्छन्। कोषिकाहरू अशक्त भन्नाले सुन्नीनु, रक्त सञ्चालन कम हुनु, अक्सीजन र खाद्य पदार्थको कमी हुनु’ र संक्रमण हुनु तथा चोट लाग्नु हो।
त्यो कोषिका पुनः सशक्त भएर सक्रिय रुपले काम गर्न लेजर विकिरणले मद्धत गर्छ। यसले शुन्नीएको घटाउने,रक्त सञ्चालन कम भइरहेको छ भने नलीहरु खोल्दिने बाटो बन्द छ भने अर्को रक्त नली बनाउने काम गर्छ।
कुनै पनि कोषिकाहरू अशक्त हुन थाल्छ भने यो विकिरणले ती कोषिकाहरुलाई सशक्त बनाउँछ। एउटा कोषिका सशक्त भएपछि उसले पहिला जे काम गरेको थियो त्यो काम पुनः गर्न सकेपछि त्यहाँ सामान्य अवस्था हुन्छ।
निको नभएका, दुखेका तथा सुन्निएका घाउहरु, मस्तिष्क पक्षघात, नाक, कान, घाँटीका रोगहरु, माईग्रेन, अनुहारको दाग, चाँयापोतो, ढाडको नशा च्यापिएका, घुँडा दुख्ने समस्या भएका, बाथ रोगका कारण मांसपेशीमा दुखाई भएका, हाडजोर्नी छालामा विभिन्न किसिमका घाउ र अन्य धेरै रोगहरुको यसबाट उपचार गर्न सकिन्छ। तर, बिशेष गरेर यसको असर लामो समयसम्म शरीरमा रहेका रोगहरुमा प्रभावकारी देखिन्छ । साथै पक्षघात भएका बिरामीलाई पनि यसले लाभ दिन्छ ।
हाडजोर्नीको दुखाईमा लेजर विकिरण बढी प्रभावकारी देखिन्छ किनभने लेजर विकिरणको पहिलो काम भनेको नै सुन्निएको घटाउने र रक्त कोषिका चाहिने ठाउँसम्म पुर्याउने हो र निष्क्रिय भएर बसेका कोषिकालाई सकृया बनाउनु हो। यसले ४।६ सेन्टिमिटर भित्र गएर कोषिकाहरुलाई छालाको बाहिरीबाट विकिरण दिएर निको गर्दछ।
यसको सुरुवात नेपालमा १८ बर्ष अगाडि २००१ सालमा पहिलो पटक भएको हो । मस्कोमा २००१ सालमा शिक्षा हासिल गरेर फर्केपछी सानो एउटा मेसिनको सहायताले मैले यसको सेवा शुरु गरेको हुँं । सुरुवातको २ ३ बर्ष मानिसहरुलाई यसको बारेमा जानकारी नभएका कारण एकदमै गाह्रो भयो ।
यसमा मैले प्रचारको अभाव देखेँ, जसकारण आफैँ लेखहरु लेख्न थालेँ, यसैक्रममा लेजर थेरापीले एकजना खुट्टा काट्नु पर्ने व्यक्तीले खुट्टा काट्नु नपरेको लेख पत्रपत्रिका छापिएपछि मानिसहरुले बिस्तारै यसको बारेमा थाहा पाएका हुन् । बिस्तारै मानिसहरुले आफु निको भएपछी अरुलाई बताउँदै गए र जनमानसमा यसले बिस्तारै आफ्नो स्थान बनाउँदै गए र मानिसहरुमा प्रभाव पर्दै गयो ।
मस्कोबाट फर्केर सबैभन्दा पहिला मेडिकेयर अस्पतालमा क्लिनिक शुरु गरे । त्यसपछि बिस्तारै मैैले आफ्नै क्लिनिक शुरु गरे । यी २ ठाउँमा काम गर्दै जाने क्रममा न्यूरोडमा पनि सेवा शुरु गरेँ । मैले यी ३ ठाउँमा काम गर्नाको कारण बिरामी हिड्न नसक्ने कारण धेरै टाढा जान सक्दैन थिए र धेरै मानिस यस उपचार पद्धतिको बारेमा जानकार थिएनन् । यसरी काम गर्दै जादाँ उपचार गर्नेको संख्या बढ्दै गयो । मेरुदण्डमा समस्या भएका कारण हिड्न नसक्ने बिरामीका लागी हिडडुलमा सहजता प्रदान गरेको छ । त्यस्तै, खुट्टै काटेर फाल्नु पर्ने अवस्थमा पुगेका बिरामीका लागि समेत नकाटी ठीक बनाएको उदाहरण पनि छन् ।
निकै सजिलो उपचार पद्धति हो । दैनिक काममा कुनै पनि अवरोध नपुर्याइ दिनको केही समय छुट्टाएर लेजर बिकिरण लिएर जान सकिन्छ । त्यस्तै कुनैपनि उपचार विधिले काम नगरेको अवस्थामा यो विधि अपनाउन सकिन्छ किनभने यो एक प्रकारको फिजियो थेरापी अन्र्तगत नै पर्दछ र यो फिजियोथेरापीको सबैभन्दा पछिल्लो टेक्नोलोजीमा समेत पदर्छ । कुनै पनि असर बिना यो थेरापीबाट शरीरका विभिन्न ४०० भन्दा बढी रोगको उपचार गर्न सकिन्छ ।
वर्षौँसम्म पनि उपचार गर्दा ठीक नभएका रोगहरुको उपचार लेजर थेरापीले २० दिनमा ठीक गराएका धेरै उदाहरणहरु छन् । त्यस्तै यसको कुनैपनि नकरात्मक असर छैन र यो २०० प्रतिसत बढी प्रभावकारी रहेको छ ।
अन्य फिजियोथेरापीमा दुखेका अँगहरु चलाईदिने गर्दा बिरामीहरु जान मान्दैनन् तर यहाँ लेजर थेरापीमा घाऊलाई छुनैपर्दैन । यसले सिधा आफ्नो विकिरणको मद्दतले घाऊलाई सुकाएर दुखाई कम गराउँछ। हिँड्न नसक्ने अवस्थामा आएका बिरामी तीन–चार दिनमा हिँड्नसक्ने हुन्छन्, यसले कुनैपनि प्रकारको शारिरिक दुखाई निम्ताउदैन, रोग लिएर आएका ८० प्रतिशत बिरामीहरु उपचार पछि पूर्ण निको हुन्छन् ।
उपचारका लागि आउने बिरामीलाई उपचारको ५ दिनमै यसले आफ्नो प्रभाव देखाउन थाल्दछ । तर, त्यसलाई राम्रोसँग पूर्ण रुपमा निको हुने गरी २० दिनको उपचार एकदमै प्रभावकारी हुन्छ ।