काठमाडौँ । दशैँलाई सद्भावको तथा एकताको चाडको रुपमा लिइन्छ । यो नेपालीहरुको ठूलो चाड हो दशैँ। यतिबेला घर घरमा दशैँ आएको छ । एक वर्षको प्रतिक्षा आज समाप्त भएको छ । हरेक नेपालीको घरमा खुसी छाएको छ ।शरद ऋतुको यो मनमोहक मौसममा बेग्लै रौनक छाएको छ।
नीलो आकाशमा कोही चंगा उडाइरहेका छन्, कोही पिङमा मच्चिइरहेका छन्, शहरमा अस्थायी बसोबास गर्नेहरु घर–गाउँ फर्किएका छन् । सर्वत्र उल्लास छाएको छ। त्यसैले त, दशैँ आएको छ । त्यसैले त यसको महत्व अत्याधिक छ । नीलो आकाशमा रंगीचङ्गी चंगा, पिङमा मच्चिइरहेका केटाकेटी, गाउँ फर्केका जागीरे, लामो विछोडपछि भेटिएका परदेशी मायालु, गफिँदै गरेका अधबैँसे ।हो, साँच्चै दशैँ खास छ।
नेपालीहरुको महान् चाड दशैं भन्नेबित्तिकै माछामासुको सेवन सँग जोडिन्छ । वर्षभरी मासु खान नसकेकाहरूले पनि ऋण गरेरै भएपनि सिंगै खसी काट्ने प्रचलन अझैपनि कतिपय स्थानमा यथावत् रहेको छ ।तर शाकाहारीका लागि दशैँ खानपिनको भन्दा पनि भेटघाटको पर्व हो, टिकाटालो, भेटघाट र आर्शिवाद ग्रहण गर्ने नै मूख्य काम हुन्छ।
शाकाहारी जीवनशैली अपनाउनेहरुले दशैंमा के खाने ?
अहिले कोरोना भाइरसको प्रकोप व्याप्त छ । कोरोनाको कारण मानिसहरु आत्तिएका छन् । सक्रिय संक्रमितको संख्या बढीरहेको यो अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बढाउनको निम्ति पनि पौष्टिक आहारको उचित प्रयोगगर्नुपर्छ ।
पनिर
च्याउ
कुरीलो
हरियो तरकारी
फलफूल
दूध, दही
मिठाई
पहेँला फलफूल
(विभिन्न बियाँहरु फर्सिको दाना, सूर्यमुखीको बियाँ, छोकडा, नरिवल, जुस खान सकिन्छ।)