काठमाडौं - कोरोना संक्रमित भएपछि के गर्ने कस्ता खानेकुरा खाने भन्ने कुरा धेरैलाई जानकारी नहुन सक्छ । यो समयमा संक्रमितमा केहि स्वास्थ्य समस्या वा केहि लक्षणहरु देखिन्छन् । यो समयमा संक्रमितले सकेसमम घरमै बनेको पोषिलो खाना दिनको चारपटक खानुपर्छ ।
संक्रमितले धेरै चिल्लो, मसालेदार खानेकुरा कम खानु राम्रो हुन्छ तर सामान्य खाना बार्नुपर्दैन । यो समयमा सकेसम्म झोलिलो खानेकुरा पोषिलो खानेकुरामा बिशेष जोड दिनुपर्छ ।
कस्ता खानेकुरा खाने ?
घरमै बनेको स्वस्थकर खानेकुरा खानुपर्छ । जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्धत गर्छ । तर, घरमा बनाएको खाना खाँदा सन्तुलन मिलाउनुपर्छ ।
हरिया सागपात तथा फलफुल प्रशस्त खानुपर्छ ।
टुसा उमारिएका गेडागुडी खानुपर्छ ।
झोलिलो खानेकुरामा बढी जोड दिनुपर्छ ।
नियमित दही सेवन गर्ने । यसले पाचन प्रणाली राम्रो हुन्छ ।
कागती र गोलभेडाको अचारहरु तथा अन्य भिटामीन सी प्राप्त हुने खानेकुरा खानुपर्छ ।
स्वस्थकर खाना खाएर मात्र पनि हुँदैन खाएको कुरा पचाउनका लागि घरभित्रै योग तथा व्यायाम पनि एकदमै जरुरी छ ।