काठमाडौं । दूध आफैंमा पूर्ण आहार हो । पौष्टिक तत्त्वले भरपूर दूध सेवन गर्दा क्याल्सियम, प्रोटीन लगायत शरीरलाई आवश्यक सबै तत्त्व पाएर शरीर राम्रो किसिमले विकसित हुन्छ।
तर दूधसँग कुनै कुनै खानेकुरा खान हुँदैन । आयुर्वेदले बताएअनुसार, वर्जित खानेकुरालाई दूधसँगै खाँदा स्वास्थ्यलाई हानि पुग्छ।
नुनिलो कुरा
विज्ञहरूका अनुसार, नून र दूध एकैपटक सेवन गर्नुहुँदैन । यसले कलेजो गलाइदिन्छ । दूधमा प्रोटीन र नूनमा आयोडिनको मात्रा बढी हुँदा एकैचोटि लिँदा कलेजो खराब भइदिन्छ।
केरा
कफको समस्या भएका मानिसले दूध केरा मिसाएर खानुुहुँदैन।
काँचो प्याज
दूध पिउनुअघि वा तत्काल पछि काँचो प्याज खाँदा छालाको संक्रमण हुने खतरा रहन्छ । यसले दाद र चिलाउने समस्या निम्त्याउन सक्छ।
माछा
माछा खाएपछि दूध वा दुग्ध परिकार खाँदै नखानुस् । नत्र छालामा सेतो दाग देखिन थाल्छ ।
मसला भएको खाना
मसला हालेको खानेकुरासँगै वा त्यसलगत्तै दूध पिउँदा पाचन प्रणालीमा समस्या देखिन्छ । यसले खाना पचाउन गाह्रो हुने, पेट दुखाउने, पेट पोल्ने, ग्यास जम्मा हुने लगायतका समस्या आउँछन् ।
अमिलो खानेकुरा
दूध पिएलगत्तै कागती वा अमिलो खानेकुरा खाँदा नपच्ने समस्या आउँछ । पेटमा दूध फोटेर एसिडिटी, बान्ता आउने वा वाकवाक लाग्ने समस्या आउँछ ।