काठमाडौं । कालो पोतो महिला वा पुरुष दुबैको अनुहारमा देखा पर्दछ । पुरुष को तुलनामा महिला कालोपोतो धेरै देखा पर्छ। महिलाहरु अनुहारको सुन्दरता एकदम ख्याल गर्ने हुन्छन् ।
कालोपोतोको कारण महिलाहरु धेरै नै तनावमा हुने गर्दछ । कालो पातो अनुहारमा आउँदा सुरुमा अलि अलि आउँने हुन्छ ।अलि अलि गर्दै पुरै अनुहार नै कालो भएर अनुहारको सुन्दरता नै हराउँछ । पोतो आएको अनुहार हेर्दा नि एकदम नराम्रो देखिने हुन्छ ।
कतिलाई पेटको समस्याले नि यो रोग आउँने गर्दछ । सुन्दर र स्वस्थ छाला भयो भने सुन्दरतामा अत्यन्त चमक आउँछ । छालाले साथ दियो भने सुन्दरताको लागि सुनमा सुगन्ध हुन्छ । छालाको सुन्दरता जोगाई राख्न केही होसियारी अपनाउनु पर्दछ।
सनब्लकको प्रयोग अनिवार्य
खासगरी चाया–पोतो जाडो महिनामा बढी देखा पर्ने गरेको छ। यो समयमा सनब्लक लगाउनुपर्दैन भन्ने आमबुझाइ छ । त्यसैले धेरैजसोले जाडोमा सनब्लक लगाउँदैनन् । सनब्लक नलगाउँदा छाला डढेर कालो हुन्छ अनि चाया–पोतो देखिन थाल्छ । जाडोमा पनि सनब्लक लगाउनु उपयुक्त हुन्छ । बाहिर ननिस्कए पनि वा घाम नै नलागेको दिन भए पनि सनब्लक क्रिम लगाउन जरुरी छ।
गर्मी महिनामा कम्तीमा शीतल छहारीमा त बसेका हुन्छौँ । जाडोको बेला होस् वा गर्मीको बेला, अनि जहाँसुकै बसे पनि सनब्लक लगाउनु राम्रो हो।
फेसियल गर्नु प्रभावकारी उपाय
यदि ब्युटिपार्लरमा उपचार गराउने हो भने तालिमप्राप्त एवम् अनुभवी ब्युटिसियनद्वारा उपचार गराउनुपर्ने हुन्छ । चाया–पोतो हटाउन फेसियल एकदमै प्रभावकारी हुन्छ ।
साथै घामबाट डढेर आएको सजिलै निको हुन्छ तर बिरामी र औषधिको साइड इफेक्टका कारण आएको चाया–पोतोको उपचार गर्न गाह्रो हुन्छ।
फेसप्याक र फेसवासको प्रयोग
दिनको दुईपटक फेसवास प्रयोग गर्नाले छालाको मृतकोशिका बिस्तारै हट्दै जान्छ । यसका लागि नीम फेसवास प्रयोग गर्नु राम्रो हो । चाया–पोतो हटाउन घरमै विभिन्न प्रकारका फेसप्याक बनाएर लगाउन सकिन्छ । फेसप्याकले दाग, खटिरा, फोहोर र मृतछालासमेत हटाउन मद्दत मिल्छ । तर यसका लागि दक्ष ब्युटिसियनको सहयोग लिनु उपयुक्त हुन्छ ।
फेस प्याकमा मुसुरोको दाल, श्वेतचन्दन (श्रीखण्ड), रक्तचन्दन, कपुर, बेसार, मञ्जिष्ठाको मिश्रण गरेर घिउकुमारीको लेपमा मिलाई नियमित प्रयोग गर्नाले चाया–पोतो हट्दै जान्छ ।
यदि सामान्य रुपले कालोपोतोको समस्या देखिएको हो भने यसलाई आफैंले घरेलु उपचार गरेर निको पार्न सकिन्छ । घिउकुमारीको गुदीलाई कालोपोतो–चाया देखिएको भागमा लगाउँदा लाभदायक हुन्छ । कसै–कसैलाई भने डन्डिफोरसँगै कालोपोतो देखिने समस्यासमेत रहने गरेको छ । यस्तो स्थितिमा भने मुलाको बीउको पेस्ट लगाउनु राम्रो हुन्छ भने सिमलको काँडा घोटेर लगाउँदा पनि डन्डिफोरसँगै कालोपोतोको समस्याबाट मुक्ति पाइन्छ ।