काठमाडौं । स्वास्थ्य नै धन हो, त्यसैले हरेक व्यक्तिले स्वस्थ जीवन जिउँन चाहान्छ । जीवनशैली स्वस्थ बनाउन जीवनशैलीमा सुधार गर्नु पर्ने धेरै कुराहरु छन् । तर हामी गर्न नसक्ने कुराहरु भने होईनन् । हामीले ती व्यवहारहरु सही तरिकाले नअपनाएर मात्र हो।
फेरी हामीले ती व्यवहार भने अपनाई रहेका त हुन्छौँ । तर ती स्वस्थ जीवनशैलीका लागि भने छैनन् । हाम्रा व्यवहारहरु अपूर्ण छन् । स्वस्थ जीवनशैलीको लागि हाम्रा सम्पूर्ण व्यवहारहरु पूर्ण हुनु जरुरी छ । निन्द्रा देखी खानपिन सम्मका सबै व्यवहारहरु पूर्ण भएमा स्वस्थ जीवनशैलीमा बाँच्न सकिन्छ । तल हामीले त्यस्ता केही स्वस्थ जीवनशैली बनाउने उपायहरु उल्लेख गरेका छौँ ।
१.पानी
मानिसको शरीर पानीले नै बनेको हुन्छ र शरीरमा बारम्बार पानी पूर्ति गर्नुपर्छ । स्वस्थ रहन र अन्य रोगबाट बँच्न पनि एक वयस्क मानिसलाई दैनिक कम्तिमा ५ लिटर पानी चाहिन्छ । पानीले शारीरिक र मानसिक रुपमा स्फूर्ति दिन्छ ।
२ .निन्द्रा
शरीरलाई आराम प्रदान गर्न, उर्जा दिन र भोलिपल्ट अझै बढी फूर्तिलो भएर काम गर्न शरीरलाई निन्द्रा आवश्यक हुन्छ । एक अध्ययन अनुसार पर्याप्त सुत्न नपाउने मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनुका साथै मानसिक समस्या उत्पन्न हुने खतरा हुन्छ ।
३. उचित भोजन
स्वस्थ जीवनशैलीका लागि फलफुल, सागसब्जी, मासु, गेडागुडी नियमति उपभोग गर्नुपर्छ । तेलीय, चिल्लोयुक्त, सोडियम बढी भएको खानेकुरा कहिल्यै खानुहुदैन् ।
४. व्यायाम
नियमित व्यायाम गरेर स्वास्थ्यसम्बन्धी केही समस्यामा सुधार ल्याउन सकिन्छ । स्वस्थ भएर बाँच्न वयस्क मानिस कम्तिमा पनि आधा घन्टा व्यायाम गर्नुपर्छ ।
५. सकारात्मक सम्बन्ध
कतिपय मानिसले नकारात्मक सम्बन्धलाई महसुस नगर्ने भएकाले कारण उनीहरु शारीरिक रुपमा अस्वस्थ हुन्छन् । नकारात्मक सम्बन्धले पेट दुख्ने, टाउको दुख्ने, ढाड दुख्ने, भोक नलाग्ने लगायतका समस्या उत्पन्न हुन्छन् । स्वस्थ जीवनशैलीका लागि सधैं सकारात्मक सम्बन्ध कायम गर्नुपर्छ ।
६. विश्राम
आफ्नो बहुमुल्य समय खेर नफाली समय–समयमा ब्रेक लिनुपर्छ । शरीरलाई आराम महशुस हुन्छ ।
७. मानसिक स्वास्थ्य
मानसिक पीडा र चिन्ताले शारीरिक रुपमा समेत असर गर्छ । योगा, ध्यान, रमाइलो पार्ने व्यायामबाट तनाबमुक्त भई खुसी जीवनयापन गर्नु पर्छ ।
८. नियमित स्वास्थ्य परीक्षण गर्ने
सम्भव भए वर्षमा एकपटक सम्पूर्ण शरीर परीक्षण गर्नपर्छ ।
९. ताजा हावा र सूर्यको घाम
कामबाट फुर्सद लिएर बाहिरको ताजा मौसमको स्वच्छ हावा लिनुपर्छ । शरीरलाई घाम पनि आवश्यक पर्छ ।