काठमाडौं । मधुमेह अर्थात सुगर हालको समयमा यो यो रोगले धेरैलाई सताएको छ । यो लामो समय सम्म निको नहुने रोग होला ।
उचित खानपान मा ध्यान दिएन भने यो रोग कहिल्यै निको नै हुँदैन । तर खानपान देखी शारिरीक व्यायाममा ध्यान दिएमा यो रोग बिस्तारै निको हुँदै जान्छ । मधुमेह हाम्रो शरीरमा इन्सुलिनको अभाव वा यसको कार्यक्षमतामा आएको कमीको कारण उत्पन्न हुने रोग हो । यो रोग लाग्दा चिकित्सकको सल्लाहमा औषधि वा इन्सुलिनको सेवन गर्नुपर्दछ ।
मधुमेहबाट बच्ने उपायहरू
१. मोटोपना घटाउने :
खानपिनमा सन्तुलन राख्ने, चिल्लो र बोसोयुतm खाद्य पदार्थ खानु हुँदैन । घिउ, क्रिम, चीज, बटर, बोसोयुक्त मासु, चकलेट, कटन सिड, कोकोनट ओइल (नरिवल तेल) बन्द गर्ने, यसो गर्दा मुटुमा समस्या आउँदैनतोरी, ओलाइभ, सोयाबिन, सनफ्लावरको तेलले मुटुलाई सफा राख्छ र नसालाई पनि सफा राख्छ । उच्च कोलेस्टोल हुने खाना जस्तै– चीज, अण्डाको पहेंलो भाग, सुँगुर, खसीको मासुमा भएको बोसो कम गर्नुपर्छ ।उच्च कोलेस्टोलले नसालाई बाक्लो, साँघुरो बनाई मुटुको मासुलाई नष्ट पारिदिन्छ ।
२. नियमित कसरत गर्दा मोटोपना घट्छ, नसा सफा रहन्छ, उच्च रक्तचाप घट्छ र इन्सुलिनको कामलाई बढाइदिन्छ, इन्सुलिनले रगतको ग्लुकोजलाई कोषमा पुर्याइदिन्छ ।
३. फाइभर भएका डाइट प्रशस्त मात्रामा खाँदा ग्लुकोज घटाउन मद्दत पुर्याउँछ ९अम्बा, केरा, सुन्तला, गेडागुडी र जौ ।
४. खाना प्रोटिन (सोयाबिन, अन्डाको सेतो भाग, गेडागुडी, भटमास, मटर० १ ग्राम प्रतिदिन । भिटामिन (अण्डा, मासु, फलफूल,(स्याउ, मौसम), सागसब्जी, भिन्डी) र मिनिरल्स (सब्जी, फल, नरिवल) खाने ।
५. प्याकिङ गरेको फ्रुट जुस, केक र कोक नखाने ।
६. रक्सीले पेन्क्रियाज र कलेजोलाई नष्ट गर्ने हुँदा नखाने ।
७. मधुमेह हुँदा रोगसँग लड्ने क्षमता कम हुन्छ त्यसैले घाउ, रोग निको हुन समय लाग्छ । त्यसैले सफा स्वच्छ खानेकुरा खानुपर्छ ।
८. नियमित रगतमा सुगर, पिसाब, किटोन बडिज, आँखा, रक्तचाप चेक गर्नुपर्छ ।
९. रगतमा कार्बोहाइडे«टको (सुगर) मात्रा सन्तुलन राख्न नियमित मात्रामा लामो समय लगाएर आन्द्राले सोस्ने खाद्यवस्तु जस्तै स् जौ, पास्ता, मकै, केरा, गाजर, गहुँ प्रशस्त मात्रामा खाने ।
१०. रगतमा सुगरको मात्रा एकछिनमै उच्च पार्ने वस्तु जस्तै– आलु, चकलेट, भात ९चामल०, सखरखण्ड, अनार, सुन्तला र चिनीबाट बनाएका वस्तु कम खानुपर्दछ ।
११. मदिरापान स् यदि तपाईंको सुगर नियन्त्रणमा छ भने तपाईंले केही मात्रामा मदिरापान गर्न सक्नुहुन्छ । बियर र वाइन सकेसम्म सेवन नगर्नुहोस् । हार्ड ड्रिङ्क एक या बढीमा दुई पेकसम्म लिन सक्नुहुन्छ । खाजा खाँदा सलाद या चिल्लोरहित माछा–मासु लिन सक्नुहुन्छ । तर एउटा कुरा सधैँ के याद राख्नुपर्छ भने भोको पेटमा मदिरापन गर्नुहुँदैन । यसो गरेमा शरीरमा सुगर कम भई बिरामी बेहोस हुन सक्छ (खाँदै नखानु राम्रो) । मदिरापानले कहिल्यै स्वास्थ्यलाई राम्रो गर्दैन । त्यसैले यसको सेवन नगर्दा नै राम्रो हुन्छ ।
१२. सुर्तीजन्य वस्तुको सेवन पूर्ण रूपमा बन्द गर्ने ।