काठमाडौं । मुखबाट अमिलो पानी वा डकार आउने समस्या हामी धेरैमा हुन सक्छ । प्राय मानिसलाई खाना खाएपछि डकार आउने गर्दछ । पेटमा भएको हावा बाहिर निस्किने क्रममा पेटबाट अमिलो डकार आउने गर्दछ । आखिर किन निस्कने गर्दछ त अमिलो पानी ?
चिकित्सकहरूका अनुसार ग्याष्ट्रिकको समस्या भएमा पनि अमिलो पानी निस्किने गर्दछ । जुन प्रायः खाना खानुअघि वा खाना खाएपछि निस्किने गर्दछ । अपचका कारण पनि अमिलो पानी आउने गर्दछ । विशेषगरी चिल्लो, पिरो वा अमिलो खानेकुरा तथा अधिक मात्रामा मदिराको सेवनका कारण पनि यस्तो समस्या हुने गर्दछ ।
मुख्यतः पेटमा रहेको एसिडलगायतका तरल पदार्थ खाना जाने नली हुँदै माथि आएमा यस्तो लक्षण देखिन्छ । स्वस्थ मानिसको शरीरमा खाना जाने नली र सञ्चय हुने पेटको बीचमा मांसपेशीले कसिलो बनाएको हुन्छ । जसले गर्दा एसिडमाथि आउन पाउँदैन । तर, पेटको समस्याले त्यो खुकुलो हुन गएमा एसिड माथि आई अमिलो पानी आउने समस्या देखिन्छ ।तनाव, अत्यधिक चिन्ता, छिटो–छिटो खाने बानी, मदिरासेवन, अनियमित व्यायम आदिले पनि अमिलो पानी आउने गर्दछ ।
जाँच कसरी गर्ने ?
अमिलो पानीआउनु जटिल समस्या नभएका कारण यस्तो समस्या हुँदैमा चिकित्सकका गइहाल्नुपर्दैन । यदि धेरैपटक अमिलो पानी आउने समस्या देखियो भने जाँच गराउनुपर्ने हुन्छ । इन्डोस्कोपीबाट ग्यास्ट्राइटिस, अल्सर आदि थाहा पाउन सकिन्छ ।
अपनाउनुपर्ने सावधानी
– तौल घटाउने,
– पिरो कुरा सकेसम्म नखाने,
– धूम्रपान नगर्ने,
– प्रशस्त मात्रामा पानी पिउने,
– खाली पेट नबस्ने,
– सक्रिय जीवशैली अपनाउने,
– सकेसम्म घोप्टो परेर नसुत्ने,
– चिया–कफी कम पिउने,