एजेन्सी । शरीरमा रातो कोशिका अर्थात हेमोग्लोविनको कमीलाई रक्तअल्पता अर्थात एनिमिया भन्ने गरिन्छ। रक्तअल्पता भएको व्यक्तिको रगतमा रातो रक्तकोषको कमी हुन्छ। शरीरले रातो रक्तकोष बनाउने भन्दा पनि छिटो रगतमा भएको रातो रक्तकोष बिलाउँछ वा नष्ट हुन्छ भने रगतमा रक्तकोषको कमी हुन्छ।
महिनावारीको बेला रगत बग्ने भएकोले धेरैजसो यौवनावस्थादेखि महिनावारी रोकिनुअघिको समयावधिमा महिलाहरूमा रक्तअल्पता भएको पाइएको छ। संसारको आधाजति गर्भवती महिलाहरूमा रक्तअल्पता हुन्छ, किनभने तिनीहरूको शरीरले आफ्नो गर्भमा हुर्कंदै गइरहेको शिशुको लागि पनि थप रगत बनाउनुपर्ने हुन्छ।
रक्तअल्पता गम्भीर रोग हो। यसले गर्दा महिलाहरूलाई अरू किसिमको रोग पनि लाग्न सक्छ। साथै यसले तिनलाई काम गर्ने र केही कुरा सिक्ने क्षमतामा असर गर्छ। शरीरमा रगतको कमी विभिन्न कारणले हुने गर्दछ।
शरीरमा रगतको कमी (एनिमिया) हुनुको कारण ?
विभिन्न कारणले गर्दा शरीरमा रगतको कमी हुने गर्दछ । त्यसमध्ये एनिमिया हुनुको विभिन्न कारण हुने गर्दछ । शरीरमा भिटामिन बी १२, फोलिक एसिड तथा आइरनले रगतको निर्माण गर्दछ । यी तत्व खानाबाट पाइन्छ । खानपान सही नहुदाँ रगत कम हने गर्छ । नेपालमा जनसंख्यामा रक्तअल्पताको समस्या देखिनु भनेको खानपान सही नहुनु हो ।
खानपानको कमीकै कारण न्युटि्रसनल एनिमिया हुने गर्छ। न्युटि्रसनल एनिमिया सबैभन्दा धेरै पाँच वर्ष मुनीका बालबालिकामा देखिने गर्छ । त्यस्तै, नौ वर्षदेखि पन्ध्र वर्ष उमेर समूहका किशोरकिशोरी तथा गर्भवतीमा देखिने गर्छ।
न्युट्रिसनल एनिमियाको लक्षण
न्युट्रिसनल एनिमियाको विभिन्न लक्षण हुने गर्छ । चक्कर लाग्ने, थकान महसुस हुने, सास फुल्ने, एकाग्रतामा समस्या, अनुहार सेतो देखिने, बच्चाको व्यक्तित्व विकासमा समस्या , तौल तथा उचाई कम हुने , हालखुट्टा झमझमाउने लगायतका समस्या हुने गर्छ । त्यस्तै, गर्भवती महिलाबाट जन्मने शिशु कम तौलको बच्चा जन्मने समस्या हुन्छ ।
शरीरमा रगतको कमी भएमा ?
शरीरमा रगतको कमी भएमा हातखुट्टा झमझमाउने, चक्कर लाग्ने, थकान महसुस हुने, एकाग्रता नहुने, अनुहार सेतो हुने, तौल अनुसारको बच्चाको व्यक्तित्व विकास नहुने गर्दछ । नेपालमा कुल जनसंख्याको करिब ६० प्रतिशत मानिस रक्तअल्पत्राबाट ग्रसित छ ।
रक्तअल्पता भएको कसरी थाहा पाउने ?
मानिसलाई रक्तअल्पत्रा भए, नभएको विभिन्न तरीकाबाट थाहा पाउन सकिन्छ । यदी कसैलाई माथि उल्लेखित लक्षण देखिएमा
१. कम्पिलिट व्लड काउन्ट तथा पिसिभी जाँच गर्दा हेमोग्लोविनको मात्रा कम भएमा
२. हेमोग्लोविन कम भएमा
३. मायक्रोस्कोपिक जाँचद्धारा पनि हेमोग्लोविन कम भएको थाहा पाउन सकिन्छ।
के छ उपचार विधी ?
यदी कसैलाई रक्तअल्पत्रा भएमा आइरन, फोलिक एसिड तथा भिटामिन बी १२ दिइने गरिन्छ । त्यस्तै, हरियो सागसब्जी, लौका, घिरौला, रातो मासु लगायतका आइरनयुक्त खानेकुरा खाने सल्लाह दिइन्छ । त्यस्तै, फलफूल पनि आइरनको मुख्य स्रोत भएका कारण अत्याधिक मात्रामा फलफूल खाने सल्लाह दिइन्छ।
त्यसबाहेक, अत्याधिक मात्रामा चियाको सेवनले पनि रगतमा आइरनको कमी गर्ने हुँदाँ चिकित्सकहरु सकेसम्म चियाको सेवन नगर्न अनुरोध गरिन्छ।
त्यस्तै, रक्तअल्पत्रा भएमा जुकाको संक्रमण हुनसक्छ । जुकाले रगत खाने हुदाँ रक्तअल्पत्रा भएका मानिसलाई सबैभन्दा पहिले जुकाको औषधी दिइने गरिन्छ , जुन तीन महिनासम्म खानुपर्छ । यसले शरीरमा रगतलाई पुनः सुचारु गराउँछ । साथै फोलिक एसिड , आइरसन तथा भिटामिन बी १२ दिने गरिन्छ।