काठमाडौं - कोरोनाले विशेषगरि स्वास प्रस्वास प्रणालीलाई असर गर्दछ । नाक मुखको माध्यमबाट फोक्सो भित्र प्रवेश गर्दछ । ज्वरो, खोकी, थकान यसका मुख्य लक्षणहरु हुन भने खकार निस्कनु, टाउको दुख्नु, नाकबाट रगत बग्नु, पखाल लाग्नु स्वास फुल्नु र लिप्फोसाइड रक्तकोषिकाहरुको कमि हुनु सहायक लक्षणहरु हुन । कोभिड लागेकाहरुमा सेतो रगत कोषिकाहरुको मात्रामा गडबढि, फोक्सोको समस्या, र रगतमा प्रो इन्फ्लामेटरी साइटोकाइन्सहरु, सि रियाक्टिभ प्रोटिनमा वृद्धि भएको पाइएको छ ।
यो रोगबाट बच्ने कसरी ?
क्वारेइन्टाइनमा बसेर मात्र यो रोगबाट छुट्कारा पाउन सकिन्न । व्यक्तिगत सरसफाई, साथै रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर गर्ने खालका क्रियाकलापहरु त्याग गर्नु अत्यन्तै जरुरी छ । रोग प्रतिरोधात्मक क्षमता राम्रो भए संक्रमण भएपनि निको हुन्छ । यसको लागि योग सहायक सिद्ध हुनसक्छ ।
योग अभ्यासहरुले जेनेरल रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्नुको साथै फोक्सोको क्षमता र रेसिस्टेन्ट पावर बढाउँछ, तनाव न्युनिकरण गर्दछ र सकरात्मक सोच, निडरताको विकास गर्दछ जुन यो कोभिड १९ संग जुध्न अत्यन्तै जरुरी छ ।
योग अभ्यासहरुले फोक्सोको कार्य क्षमताको वृद्धि गर्दछ । फोक्सोले आरामसँग साथै बल लगाएर १ चोटीमा धेरै सास भित्र लिन सक्ने क्षमताको विकास हुन्छ । सास भित्र रोकिराख्ने क्षमताको वृद्धि हुन्छ । सास लिंदा प्रयोग हुने मासंपेशीहरुलाई पनि बलियो बनाउँछ ।
योग अभ्यासहरुले उच्च रक्तचाप, मधुमेह, दमलाई कम गर्न मद्दत गर्दछ साथै मुटु रोगलाई पनि फाइदा पु¥याउँछ । ४० वर्ष भन्दा माथिका व्यक्तिहरुमा योग अभ्यासहरुले मुटुको क्षमतालाई बचाइराख्न मद्दत गर्दछ ।
तनाबले गर्दा रगतमा एद्रिनालिन, नरएद्रिनालिन, कर्टिसोल हर्मोनको वृद्धि हुन्छ जसको कारणले सेतो रक्त कोषिकाहरुलाई काम गर्न दिंदैन । सेतो रक्त कोषिकाहरु शरीरको रोग प्रतिरोधात्मक क्षमताको मुख्य आधार हो । यो कमजोर भएमा रोग लाग्दछ । तर नियमित योग अभ्यास गर्नाले तनाब कम हुन्छ साथै यी हर्मोनहरु कम हुँदै जान्छ । योग अभ्यासहरुले रगत कोषीका सम्मलाई असर पु¥याउँछ । योग अभ्यासहरुले दिमागमा अल्फा वेभ्सको मात्रा वुद्धि गर्दछ जुन तनाव कम हुनु र आनन्दित हुनुको लक्षणहरु हुन् । प्राणायामहरु नाडिशोधन, सूर्य अनुलोम विलोम, चन्द्र अनुलोम विलोमले शरीरमा अक्सिजनको आपुर्ति बढाउँछ ।
विभिन्न अध्यनहरुले देखाए अनुुुुसार योग अभ्यासहरुले निद्रा गहिरो र गुणस्तरीय बनाउँछ, निद्रा चाँडै लगाउँछ, जीवनको गुणस्तर पनि बढाउँछ । निद्रा राम्रो भएमा मात्र रोग प्रतिरोधात्मक क्षमताले राम्ररी काम गर्न सक्छ । निद्रा राम्रो भएन भने स्नायू प्रणाली कमजोर हुन्छ, शरीरमा एन्टिअक्सिडेन्टको स्थिती विग्रिन्छ, इन्फ्लामेसन बढाउँछ, कलेजो, आन्द्राका कोषिकाहरु विग्रिन्छ, दिमागमा टक्सिनहरु जम्मा हुन्छन् र डिप्रेशन, तनाव, रिस, गैर सामाजिक क्रियाकलाब गर्ने मनोस्थिती बन्छ ।
ठुलो आन्द्राको स्वास्थ बिग्रेमा, कब्जियत भएमा लिकि गट को स्थिति श्रुजना हुन्छ । यदि लिकि गट छ भने जुनसुकै रोगले पनि गभ्भिरताको स्थिति ल्याउन सक्छ । योग अभ्यासहरुमा शंख प्रक्षालन गर्दा ठुलो आन्द्राको स्वास्थमा सुधार ल्याएर समग्र शरीरको स्वास्थ्यको स्थिति राम्रो बनाउँछ सकिन्छ ।
दैनिक सूर्यनमस्कार, बज्रासन, गोमुखासन, पश्मिोतानासन, शशांकासन, ताडासन, कटि चक्रासन, अर्ध कटिचक्रासन, सवासन, मर्झरी आसन, साथै प्राकृतिक चिकित्साका विधाहरु भोजनमा सुधार, सूर्यस्नान, वायुस्नान, मसाज, स्टिम बाथ, हर्वल पेयहरु, आदि पनि अपनाएमा कोभिडको लडाँई चाँडै जित्न सकिन्छ ।
(डा.रविनलाल श्रेष्ठ, डा.श्रेया रेवड, योग तथा प्राकृतिक चिकित्सा विशिषज्ञ अयांष योग नेचर क्योर हस्पिटलमा कार्यरत छन् ।)