काठमाडौं । माया जनाउनका लागि प्रेमी प्रेमीकाले एक अर्कालाई गर्ने मायालु स्पर्श हो चुम्बन, म्वाइँ अनि किस। यसले सम्बन्धमा मायाको आभाष दिलाउँछ।
चुम्बन सिर्फ केटाले केटीलाई, प्रेमीले प्रेमिकालाई वा श्रीमानले श्रीमतीलाई र एवं रितले एक आपसमा गर्ने माया साटासाटको शैली वा तरिका मात्र होइन। चुम्बन भनेको निकटता र माया देखाउने प्रक्रिया वा क्रियाकलाप भएकाले आफूभन्दा ठूला सानामा लिंग र सम्बन्धको भेद नराखी पनि गर्न सकिन्छ, गरिन्छ।
चुम्बनपछि के हुन्छ फाइदा
१ सम्बन्ध गाढा पार्छः
ओंठमा चुम्बन गर्दा एक आपसमा प्रेम बढ्छ । चुम्बन गर्दा उत्पादन हुने अक्सिटोसिन हर्मोनले सम्बन्ध गाढा पार्न मद्दत गर्छ ।
२ यौन आनन्द बढाउँछः
चुम्बन यौन सम्बन्धको अभिन्न पाटो हो । यसले तपाइँको यौन क्रिडालाई चुम्बनले अझै प्रभावकारी बनाउँछ । किस गर्दा झनै बढी आनन्द आएको महसुस हुन्छ ।
३ रोग निदान गर्छः
चुम्बन गर्दा धुक पैदा हुन्छ । यसले शरीरमा रोगसँग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । नियमित सेक्स गर्दा स्वास्थ्य राम्रो हुन्छ ।
४ खुसी राख्छः
चुम्बन गर्दा शरीरमा भएका एन्डोफिन्स र एन्डोर्फिन्स बाहिर निस्किन्छ र यसले मानिसलाई खुसी राख्न सहयोग गर्छ । यदि तपाइँ उदास हुनुहुन्छ भने चुम्बन गर्दा स्वास्थ्यमा पनि राम्रो गर्छ ।
५ दुखाइ र पीडा कम हुन्छः
चु्म्बन गर्दा शरीरबाट एक प्रकारको पदार्थ निस्किन्छ जसले दुखाइ र पीडा कम गर्न मद्दत गर्ने विशेषज्ञहरु बताउँछन् । टाउको दुखेको समयमा समेत चुम्बन गर्दा दुखाइ कम हुने उनीहरुको दावी छ ।
६ स्ट्रेस घटाउँछः
तपाइँलाई दिक्क लागेको छ वा थकाइ लागेको छ भने चुम्बन त्यसलाई कम गर्ने सरल विधी हुन सक्छ । शरीरमा रहेको कोर्टिशोल नामक पदार्थ चुम्बनको समयमा बाहिर निस्किने हुँदा यसबाट शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । त्यतिमात्र होइन यसले मस्तिस्कलाई स्वस्थ राखेर दिक्कपना र स्ट्रेस हटाउन मद्दत गर्छ ।
७ मोटोपन घटाउँछः
चुम्बन गर्दा पसिना आउने हुन्छ । पसिना आउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । हुन त चुम्बनकै कारण त्यति धेरै क्यालोरी खर्च हुँदैन तर यसले मोटोपन घटाउन केही न केही मात्रामा भएपनि सहयोग गर्छ ।