एजेन्सी । अहिले जाडो सुरु भएको छ । जाडो महिनाको समय हाम्रा हात, खुट्टा, गाला, ओठ सुख्खा हुने गर्छ र फुट्ने गर्छ । यस्तो समस्याबाट कसरी बच्ने र छालालाई चिसो यामबाट कसरी सुरक्षित राख्ने र सुख्खा हुन् नदिने । यसबारे हामी तपाइलाई केहि सरल घरेलु उपायहरु बताउन गइरहेका छौं ।
यी हुन् जाडो याममा छालालाई जोगाउने घरेलु उपायः
अनुहारमा नियमितरूपमा दूध लगाउने
दूध लगाएर अनुहारको सुख्खापनलाई हटाउन सकिन्छ । दूधमा प्रशस्त मात्रामा चिल्लो पदार्थ पाइन्छ । जसको प्रयोगले प्राकृतिकरूपमै अनुहारलाई कोमल र नरम बनाउने गर्छ ।
मह र गुलाब जल
अनुहारमा मह र गुलाब जलको ‘फेस प्याक’लगाउँदा पनि जाडोमा अनुहारको सुन्दरतालाई सुरक्षित राख्न सकिन्छ । यसका लागि दुई चम्चा मह र दुई चम्चा गुलाब जल मिसाई पेस्ट बनाउनुपर्छ । अनि यसलाई १५ देखि ३० मिनेसम्म अनुहारमा राखी पखाल्नुपर्छ ।
ओठमा बदामको तेल लगाउने
जाडोको समयमा अनुहारको साथै ओठको सुन्दरतामा पनि उत्तिकै ध्यान दिनु आवश्यक छ । जाडोमा ओठ फुट्ने समस्या धेरैको हुन्छ । यसका लागि बदामको तेल ओठमा लगाउँदा लाभदायक हुन्छ ।
मोस्चराइजर प्रयोग गर्ने
जाडोमा मेकअप गर्दा फाट्ने सम्भावना हुन्छ । यसका लागि मेकअप गर्नुभन्दा अघि अनुहारमा राम्रो ब्रान्डको मोस्चराइजरको प्रयोग गरेर मेकअप गर्नुपर्छ । छाला स्वस्थ राख्ने हो भने नुहाएलगत्तै मस्चराइजर लगाउनु जरुरी छ । नुहाएपछि पूरै शरीरमा मस्चराइजर गर्नुपर्छ । पहिलोपटक लगाएको एक घन्टापछि पनि छालामा रुखोपन देखियो भने दोस्रोपटक मस्चराइजर लगाउनुपर्छ ।
कपालमा तेल मसाज गर्ने
जाडोमा कपालको रुखोपन पनि बढ्छ । यसका लागि नरिवल वा बदामको तेलले कपाललाई हप्तामा दुई तीनपटक मसाज गर्नुपर्छ । एजेन्सीको सहयोगमा