काठमाडौं । जाडो मौसममा शरीरलाई धेरै हेरचाह चाहिन्छ। स्वस्थ्य रहनका लागि स्वस्थकर आहार लिनु महत्त्वपूर्ण हुन्छ।
लागि मानिसहरूले आफ्नो आहारमा धेरै प्रकारका स्वस्थ खानाहरू समावेश गर्छन्। जुस पनि स्वस्थ पेयको सूचीमा गनिन्छ। जाडो होस् वा गर्मी, हरेक मौसममा जुस स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। जाडो मौसममा चुकन्दर गाँजर र अदुवाको रस स्वास्थ्यका लागि लाभदायक मानिन्छ।
अदुवाको रस पिउँदा शरीरमा तातो दिन्छ। यो जुस व्यायाम गर्नुअघि वा पछि पिउन सकिन्छ। यस जुसमा भिटामिन र मिनरल्स पाइन्छ। साथै आइरन, भिटामिन ए र भिटामिन सी पनि प्रशस्त मात्रामा पाइन्छ। यो जुसले रक्तअल्पताको समस्या कम गर्छ र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
यस्तै, शरीरलाई फूर्तिलो बनाउन गाँजर, हरियो स्याउ र सुन्तलाको जुस सेवन गर्न सकिन्छ। स्वादिलो हुनुका साथै यो जुस निकै स्वस्थकर पनि हुन्छ । भिटामिन सी र भिटामिन ए का साथसाथै यो जुसमा एन्टिअक्सिडेन्टसहित पाइन्छ।
जाडोमा टमाटरको जुस पनि पिउँदा स्वास्थ्यलाई लाभदायक हुन्छ। त्यसैले धेरैजसो मानिसले जाडोमा टमाटरको जुस पनि पिउने गर्छन् । टमाटर स्वास्थ्यका लागि धेरै राम्रो मानिन्छ। टमाटरमा प्रशस्त मात्रामा फाइबर र भिटामिन बी ९ पाइन्छ। साथै, यो भिटामिन सीको पनि राम्रो स्रोत हो। टमाटरको सेवनले संक्रमणबाट बच्न सकिन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र कब्जियतको समस्याबाट पनि बचाउँछ।
जाडो मौसममा रोगबाट बचाउन पनि पालुंगोको जुस निकै प्रभावकारी मानिन्छ । जाडोमा रोग प्रतिरोधी क्षमताका लागि पालुंगो राम्रो मानिन्छ । यसमा क्यारोटिन, एमिनो एसिड, आइरन, आयोडिन, पोटासियम र म्याग्नेसियम जस्ता पोषक तत्वहरू पाइन्छ। यसका साथै भिटामिन ए, सी, के, ई र बी कम्प्लेक्स पनि प्रशस्त मात्रामा पाइन्छ। नियमित रूपमा पालकको सेवनले हाम्रो शरीरको पीएचस्तर सन्तुलित रहन्छ। पालकमा प्रोटिन र फाइबर पनि प्रशस्त हुन्छ।
यस्तै अमिलोपन भएका फलफूलहरुको जुस पिउन सकिन्छ। यिनीहरुमा भिटामिन सी प्रशस्त मात्रामा हुन्छ। यस्ता फलफूलको रस पिउनाले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै संक्रमण हुनबाट बचाउँछ। नियमित जुस पिउँदा चिसोबाट पनि बचाउँछ।