केमोथेरापी भन्नाले सामान्य अर्थमा क्यान्सरका बिरामीहरुलाई निको पार्नका लावि दिइने औषधिहरु हुन् । यी औषधिहरु सुईको माध्यमद्वारा वा मुखबाट खान दिइन्छ । यी औषधिहरु बिरामीहरुको जीवन लम्ब्याउनका त कहिले काही बिरामीको लक्षणहरु कम गर्न वा सो लक्षणहरु निर्मूल गर्न पनि प्रयोग गरिन्छ ।
-कहिले काही केमो र रेडियो थेरापी सँगै प्रयोग गरिन्छ त कहिले अघि वा पछि पनि प्रयोग गरिन्छ ।
- केमोथेरापी लगाएपछि रगतपछि रगतको मात्र घट्नसक्छ त्यसैले केमोथेरापी लिनुभन्दा र लगाएको ७ देखी १० दिनपछि रगतको जाँच अनिवार्य गराउनुपर्छ ।
-रगतको मात्रा धेरै घटेमा केमोथेरापी दिनुहुँदैंन । केमोथेरापी लिई रहेका बिरामीहरुले केमो लगाउनुभन्दा एक दिन अगाडि नै सम्बन्धित चिकित्सकलाई रगतको रिपोर्ट देखाई केमो दिन मिल्छ मिल्दैन एकीन गराउनुपर्छ । दिनमिल्ने भए सम्बन्धित चिकित्सकसँग आफ्नो फाईल सही गराउनुपर्छ।
- केमो लगाइसकेर घर जाने बेलामा घरमा खाने औषधि र ७ देखि १० दिनपछि जाँच गर्नुपर्ने रगतको पूर्जा डाक्टरसँग लेखाएर मात्र जानुपर्दछ ।
-सामान्यतया केमोथेरापीले दुखाई हुँदैंन । तर यसको नकारात्मक असर भने हुनसक्छ जस्तै वाकवाकी लाग्ने,जिउ दुख्नु,दिसा लाग्नु, कब्जियत हुनु ।
-मुखबाट केमोथेरापीको औषधि खाने बिरामीले औषधि टुक्रा पारेर ,धुलो पारेर,टोकेर वा चपाएर खानुहुँदैन । औषधिलाई हातले छुनुहुँदैन । प्याकेट खोलेर सिधै मुखमा राखेर वा शिशाको कचौंरामा राखेर मुखमा हाल्ने र पानीको साथमा औषधि निल्नुपर्छ ।
- केमोथेरापी पश्चात् धेरै मात्रामा वान्ता भएमा ,दिशा लागेमा ज्वरो आएमा वा कतैबाट रगत बगेमा तुरुन्तै चिकित्सकको सम्पर्कमा जानुपर्ने हुन्छ ।