बाँके- बाँकेमा पछिल्लो १४ घण्टामा थप १३ जना कोभिड संक्रमितको मृत्यु भएको छ ।
सोमबार ४ बजेपछिको मृत्युको विवरण सार्वजानिक गर्दै डीसीसीएमसी बाँकेले मंगलबार बिहान ८ बजे सम्ममा १३ जनाको मृत्यु भएको जनाएको छ ।
मृतकमध्ये ६ जना बर्दिया, १ जना रुकुम र ५ जना बाँकेका छन् । मृत्यु हुने बर्दिया बाँसगढीका ७३ वर्षीय पुरुषको सोमबार साँझ ४ः३० बजे भेरी अस्पतालमा मृत्यु भएको थियो भने गुलरिया ६ का २१ वर्षीय पुरुषको पनि सोही अस्पतालमा साँझ ६ बजे मृत्यु भएको थियो ।
त्यसैगरि भेरीमै उपचारारत बारबर्दिया ६ की ६३ वर्षीया महिलाको सोमबार राती १० बजे, बढैयाताल ३ बर्दिया की ७८ वर्षीया महिलाको आज बिहान ५ः३० बजे, बाँसगढी ५ बर्दियाका ६० वर्षीय पुरुषको सोमबार राती १० बजे तथा भेरी अस्पतालमै उपचाररत बढैयाताल बर्दियाका ३० वर्षीय पुरुषको आज बिहान ४ बजे मृत्यु भएको जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए ।
फोकल पर्सन वलीका अनुसार भेरी अस्पतालमा उपचाररत नेपालगन्ज १० का ६८ वर्षीय पुरुषको सोमबार साँझ ५ः४० बजे, खजुरा गाँउपालिका ३ का ५२ वर्षीय पुरुषको आज बिहान ४ बजे, जानकी ४ की ४५ वर्षीया महिलाको पनि बिहान ४ बजे नै मृत्यु भएको हो । ।
त्यसैगरि कोहलपुर ८ का ६२ वर्षीया पुरुषको मेडिकल कलेज कोहलपुरमै सोमबार राती ७ः१५ मा मृत्यु भएको छ भने होम आइसोलेशनमा रहेका खजुरा २ का ८८ वर्षीय पुरुषको सोमबार राती ११ः१० बजे मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन तेजले जानकारी दिए ।
ओलीका अनुसार भेरी अस्पतालमा बैशाख २६ गतेबाट उपचाररत सिस्ने ३ रुकुमका ५३ वर्षीय पुरुषको पनि सोमबार राती ८ बजे मृत्यु भएको छ । उनीहरुको मृत्यु भएसँगै बाँकेमा जिल्लाभित्रका १९६ जना र जिल्ला बाहिरका १४८ जना कोभिड संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।
योसँगै बाँकेमा जिल्ला बाहिरबाट उपचारका लागि आएका र मृत्यु हुने संखया १४९ पुगेको छ ।