काठमाडौँ । पछिल्लो समयमा पेट पोल्ने समस्याले अधिक जनसँख्यालाई दुःख दिएको छ । यसको मतलव पेट पोल्ने समस्या हामी धेरैमा भएकाे छ । खानपानमा समय नदिनाले वा खाँदा सुरक्षा नपनाएकै कारण याे राेगले धेरैलाइ पिराेलेकाे छ ।
सामान्यतयाः खाली पेटमा वा बिहान उठ्ने बित्तिकै धेरैलाई पेट पोल्ने र अमिलो पानी मुखसम्म आउने गर्दछ । यहि कारणले दिनभरी नै मानिस स्फुर्त नहुने वा अल्छे हुने वा काममा जाँगर नहुने पीडाबाट ग्रसित छन् । यसैकारण पेट दुख्ने समस्या साझा समस्या भएको छ ।
के कारण हो पेट पोल्ने ?
पेट पोल्ने कारणहरु धेरै भएपनि हामी धेरैलाई हुने मुख्य कारण भनेको ग्यास्ट्राइटिस, रिफल्क्सलाई चिकित्सकहरुले प्रमुख मानेका छन् । पेटमा दिन या रातमा बन्ने एसिडको मात्रा धेरै भएमा वा पेट भित्रको एसिडबाट बचाउ गर्ने तह कमजोर भएमा त्यसले पेट पोल्ने हुन्छ ।
कुनैबेला पेटबाट माथि खाना जाने नली हुँदै घाँटीसम्म एसिड पुग्ने भएकाले छाती पोल्ने र अमिलो पानी आउने पनि गर्दछ । पेटको अल्सर भएमा पनि यसले पेट पोल्ने समस्या देखिन सक्छ ।
समयमा नखाने, अमिलो, पिरो, चिल्लो बढी खाने, धेरै मानसिक तनाव लिने आदि मानिसहरुमा पेट पोल्ने समस्या धेरै देखिन सक्छ ।
पेट पोल्नेका लक्षणहरु
— मुखमा अमिलो पानी आउने
— वाकवाकी लाग्ने बान्ता हुने
— खान मन नलाग्ने
— दुब्लाउँदै जाने
— दातको रंग बिग्रने
— खोकी लाग्ने घाँटी दुख्ने
उपचार के हो ?
चिकित्सकको सल्लाह अनुसार बिरामी हिँड्नुपर्ने हुन्छ । पेट पोल्ने समस्या एकपटक सन्चो भएपनि फेरि बल्झिन सक्ने भएकाले खानपिनमा विशेष ध्यान रोगीले पुर्याउनुपर्ने चिकित्सकको सुझाव छ ।
उपचारको समय वा पेट पोल्ने समस्यालाई न्यूनिकरण गर्दै लैजानको लागि अमिलो, पिरो, चिल्लो खानेकुरा सकेसम्म नखाने । भोकै खालीपेट नबस्ने बिहान उठेपछि कम्तिमा प्रसस्त पानी पिउनु आवश्यक छ ।
यस्तै तौल घटाउने रक्सी, चुरोट आदि सेवन नगर्नु रोगीको हित हुन्छ । चिया, कफी आदि धेरै मात्रामा नपिउने, एकैचोटि धेरै भन्दा थोरै—थोरै धेरैपटक खाने बानी बसाल्नु पर्छ । सुत्नु भन्दा करिब ३ घन्टा अगाडी नै खाना खाने जस्ता कुराहरुमा ध्यान पुर्याउन सकियो भने पेट पोल्ने समस्या घटेर जाने चिकित्सकहरु बताउँछन् ।