एजेन्सी । चुम्बन प्रेम प्रस्तुत गर्ने एक माध्यम हो। चुम्बनले शब्दबिना भाव सञ्चार गर्दछ । चुम्बन मायाको एक कला हो । चुम्बन एउटा यस्तो प्रक्रिया हो जसले दुई व्यक्तिबीच घनिष्ठता बढाउँछ ।
अभिभावक र छोराछोरी, प्रेमी–प्रेमिका लगायतले माया व्यक्त गर्न चुम्बन गर्छन् । अहिले चुम्बन संस्कार बन्दै गएको छ । तर सावधान १, चुम्बन गर्दा विभिन्न रोगहरू सर्न सक्छन्।
दन्त रोग
चुम्बनबाट दाँतसँग सम्बन्धित रोग पनि सर्न सक्छ । चुम्बन गर्दा निस्कने र्याल,स्वस्थ व्यक्तिको सम्पर्कमा पुग्ने भएकाले त्यसबाट गिजा कुहिने वा दाँतको सड्ने हुन्छ ।
मेनिन्जाइटिस
मेनिन्जाइटिससमेत चुम्बनबाट सर्न सक्छ । टाउको दुख्ने, ज्वरो आउने लगायतका लक्षणहरू यस रोगका लक्षण हुन् ।
रुघाखोकी
विशेषगरी चुम्बन गर्दा रुघाखोकी सजिलैसँग संक्रमित व्यक्तिबाट स्वस्थ मानिसमा सर्दछ।
दाद
दाद रोग पनि चुम्बन गर्दा सर्न सक्छ। यो रोग लाग्दा मुख वरपर खटिरा आउँछ । यसले मानिसको रुपलाई समेत परिवर्तन गराइदिन सक्छ ।
मेनिन्जाइटिस
मेनिन्जाइटिससमेत चुम्बनबाट सर्न सक्छ । टाउको दुख्ने, ज्वरो आउने लगायतका लक्षणहरू यस रोगका लक्षण हुन् ।
श्वासप्रश्वाससँग सम्बन्धित भाइरसहरू
चुम्बन गर्दा श्वासप्रश्वाससँग सम्बन्धित भाइरसहरू स्वस्थ मानिसमा सजिलै सर्ने गर्छन् । यस्ता किसिमका भाइरसहरू संक्रमित व्यक्तिसँग सँगै एउटै कोठामा बस्दा वा शुद्धिकरण नगरी सामान चलाउँदा पनि सर्छन् ।
सिफिलिस
सिफिलिस साधारणतया असुरक्षित यौनसम्पर्कबाट सर्ने रोग भनेर चिनिन्छ । तर भौतिक रुपमा छुने गरी भएका सम्पर्कबाट पनि यो रोग सर्ने गर्छ । त्यसैले यो चुम्बनबाट पनि सर्छ । यसले मुखमा खटिरा आउने लगायतका समस्या निम्त्याउँछ ।