एजेन्सी । धेरैजसो मानिसलाई ग्यास्ट्रिकको समस्याले लगातार सताउने हुन्छ । पेटमा ग्यास भरिनुलाई सामान्य मानिन्छ ।
पाचन नलीमा हावा भरिएपछि पेटमा ग्यास बन्न सुरु हुन्छ । सामान्य व्यक्तिले प्रतिदिन एकदेखि चार पोइन्ट ग्यास पास गर्ने गर्छ । पेटमा ग्यास बनेपछि मानिसलाई ब्लोटिङ (पेट फुल्ने समस्या) पनि हुनसक्छ । यसबाहेक पेटमा बन्ने ग्यासले छाती, पिठ्यूँमा समेत असर पार्न सक्छ ।
पाचन प्रक्रिया सही नभएका व्यक्तिमा ग्यासको समस्या धेरै हुन्छ । खाना निल्दा, खानासँगै थोरै हावा पेटमा जान्छ । यो हावा सामान्यतया सानो आन्द्रामार्फत शरीरबाहिर निस्कन्छ । बाँकी ग्यास ठुलो आन्द्रामा रहिरहन्छ । पाचनसम्बन्धी रोग भएका मानिसमा पनि ग्यासको समस्या हुन्छ । खाना खाएको समयमा पानी पिउँदा पेटमा ग्यास भरिन्छ । जसले पाचन प्रक्रियामा नराम्रो असर गरी ब्लोटिङ हुने र ग्यास बन्ने समस्या हुन्छ ।
व्यायाम गर्दा पनि ग्यास बन्ने समस्या हुनसक्छ । व्यायाम गर्दा पसिना आएपछि शरीरमा सोडियम निस्किन्छ र ब्लोटिङको समस्या निम्तिन सक्छ । यस्तो अवस्थाबाट बच्नका लागि शरीरलाई हाइड्रेट राख्न जरुरी हुन्छ । खोकीको औषधिको सेवन गर्दा पेटमा ब्लोटिङ हुने र ग्यास भरिने सम्भावना हुन्छ।
आर्टिफिसियल स्वीटनर्सको प्रयोग गरिने हुँदा यस्ता औषधिलाई पचाउन पेटलाई धेरै गाह्रो पर्ने भएकाले पेटका ब्याक्टेरियाहरू झन् धेरै बढ्छन् जसकारण ग्यास भरिने र पेटमा दुखाइ हुने गर्छ । तनावको कारण, धुम्रपान, धेरै छिटो खाना खाने बानी भएमा पनि पेटमा बढी हावा भित्र पस्छ जसकारण ग्यासको समस्या हुन्छ ।
पेटमा बन्ने ग्यासको कारण केही खानेकुराहरू पनि हुन सक्छन् । पचाउन गाह्रो हुने खाना, धेरै कार्बोहाइड्रेट भएको खाना वा फ्याटी फुडको सेवन गर्दा पेटमा ग्यास बन्ने गर्छ । यो खानेकुरा पेटमा पुगेपछि ठुलो आन्द्रामा हुने ब्याक्टेरियाले यसलाई टुक्र्याउने काम गर्छ जसकारण पेटमा ग्यास पैदा हुन्छ ।
अधिक मात्रामा यस्ता खानेकुरा खाँदा पेटमा ब्लोटिङ र अत्यधिक मात्रामा ग्यास पैदा हुन्छ । केही फलफूलको जुसले कार्बोहाइड्रेट र चिनी उत्पादन गर्ने भएकाले पेटमा ग्यास बन्ने तथा पेट दुखाइसमेत सुरु हुनसक्छ । यसकारण जुसको सट्टामा फलफूलको सेवन उपयुक्त मानिन्छ ।