गुप्ताङ मानिसको अत्यान्तै गोप्य र संवेदनशील अंग हो । सोही कारण मानिसहरु गुप्ताङका बारेमा खुलेर कुरा गर्न रुचाउँदैनन् । कतिपय त लाजकै कारण पनि गुप्ताङमा हुने समस्याहरुलाई सहेर बसिरहेका हुन्छन् ।
शरीरभित्र रहेका विकार वस्तु निस्किने प्रमुख द्धार भएका कारण पनि गुप्ताङ फोहोर हुनु स्वभाविक हो । यस्तै फोहरका कारण गुप्ताङ र वरीपरीको भाग हाम्रो शरीररको अन्य भाग भन्दा बढी दुर्गन्धित हुने गर्दछ ।
गुप्ताङको उचित स्यहार र सफाई नगर्दा यसबाट निस्किने दुर्गन्धले स्वयम् व्यक्तिलाई नै अप्ठेरो बनाइराखेको हुन्छ । पुरुषको तुलनामा महिलाहरुको गुप्ताङमा बढी दुर्गन्ध आउने भएकाले उनीहरु यस्तो समस्याबाट बढी पीडित हुने गरेको पाइन्छ । यस्तो समस्याबाट छुटकारा पाउन यसो गर्नुहोस्ः
– गुप्ताङ्गको दुर्गन्धबाट छुटकारा पाउनका लागि प्रत्येक दिन ८ देखि १० ग्लास पानी पिउनुहोस् । पानीले शरिरबाट विषादि र जिवाणुलाई हटाउने काम गर्दछ ।
– निमको पातलाई पानीमा उमाल्ने र चिसो भइसकेपछि सो पानीले गुप्ताङ्ग धुदा दुर्गन्ध निस्तेज हुन्छ ।
– दहि खानाले पनि गुप्ताङ्गको दुर्गन्धलाई नियन्त्रण गर्न सघाउ पुग्छ ।
– दुई चम्चा मेथीलाई एक गिलास पानीमा रातभरी भिजाएर अर्को दिन उठ्ने बित्तिकै खाली पेटमा मेथी छानेर पानी पिउँदा पनि सो समस्याबाट मुक्ति पाउन सकिन्छ । यस्तो विधि लगातार दुई हप्तासम्म गर्न सकेमा समस्याबाट मुक्ति पाउन सकिन्छ ।
– अमला प्राकृतिक रुपमा रक्तशोधक हो र गुप्ताङ्गमा दुर्गन्ध फैलाउने रोग ल्युकोरिया हुनबाट बचाउने भएका कारण यसलाई काँचै अथवा अचारको रुपमा खाने खाने गर्दा पनि उत्म हुन्छ ।
यसका अलावा नियमित रुपमा गुप्ताङ्गको सफाई पनि गर्नुपर्छ । सामान्य त पिसाव गरेपछि गुप्ताङ्ग पखाल्ने धेरैको बानी हुदैन तर यदि तपाईमा यस किसिमको समस्या छ भने पिसाव गरेपछि पनि गुप्ताङ्ग धुने गर्नुहोस यसले पनि दुर्गन्ध हटाउन मद्धत गर्छ ।
त्यस्तै तपाईले लगाउने भित्रि बस्त्र पनि सकेसम्म दैनिक परिवर्तन गर्नुस साथै आकर्षक भन्दा पनि सुतीको नै प्रयोग गर्नु राम्रो मानिन्छ । नियमित रुपमा सफा र चिसो पानीले यौनानाङ्गको सफा गरेमा पनि यस्ता समस्याबाट पार पाउन सकिन्छ ।