काठमाडौं । क्यान्सर रोग नेपालमा मात्र नभई विश्वको लागी नै टाउको दुखाइको बिषय बनेको छ । अहिले धेरै मानिसहरु क्यान्सरको जोखिममा पर्न थालेका छन् ।खासमा दूषित खानपानले नै क्यान्सर रोगीहरु बढ्न थालेका छन् ।
चिकित्सकहरुका अनुसार दूषित पर्यावरण र खानपानले नै मानिसहरुलाई क्यान्सर लाग्ने बताउने गरेका छन् । हामिले हरेक खानेकुरा खादा ख्याल गरेर खानु जरुरी छ । खानपानमा ध्यान नदिदा नै क्यान्सरको जोखिम बढ्ने गर्छ । क्यान्सरको जोखिम कम गर्न के खानुपर्छ रु यी केही खानेकुराहरुबारे जान्नुस , जुन खानेकुरा खादा क्यान्सरको जोखिम कम हुन्छ ।
ब्रोकाउली
क्यान्सरको जोखिम कम गर्न ब्रोकाउली खानु जरुरी छ । क्यान्सरनिरोधी गुण बढी पाइने ब्रोकाउलीमा यसको मात्रा सबैभन्दा धेरै हुन्छ । ब्रोकाउलीमा सल्फोराफेनको मात्रा अधिक हुनाले ब्रोकाउली खाइरहने गर्नाले स्तन, कलेजो, फोक्सो, प्रोस्टेट, छाला, पेट लगायतका क्यान्सर हुने सम्भावना कम हुन्छ ।
ओखर
क्यान्सरका्े जोखिम कम गर्न ओखर खानु पनि जरुरी छ । ओखरले प्रोस्टेट क्यान्सर लाग्ने जोखिम पनि घटाउँछ ।
लसुन
क्यान्सर हुनबाट बच्न लसुन खानु पनि जरुरी छ । लसुनमा फाइटो केमिकलले क्यान्सरविरुद्ध लड्ने क्षमता दिलाउँछ । लसुन खाने महिलालाई पाठेघरसम्बन्धी क्यान्सर हुने जोखिम कम हुन्छ ।
गोलभेँडा
गोलभेँडामा पाइने क्यारोटेनोइड नामक तत्वले गर्भाशयमा हुने क्यान्सरका कोषिकाहरूको विकासलाई रोकिदिने गर्छ । यसले फोक्सो, प्रोस्टेट र पेटको क्यान्सरको जोखिम पनि कम गरिदिन्छ ।
मसिना फलफूल
स्ट्रबेरी, किम्बु, काफलजस्ता फलफूलमा क्यान्सरविरुद्ध लड्ने फाइट्रोन्युट्रियन्ट्स तत्व हुन्छ जसले शरीरका अंग विशेषमा क्यान्सरका कोषिकाहरूको विकास र विस्तारलाई रोक्ने काम गर्छ । यस्ता फलफूल खाइरहने गर्नाले आमाशय, मुख र छालाको क्यान्सर लाग्ने सम्भावना कम हुन्छ ।
सिमी
सिमीजस्ता गेडागुडीखाइरहने गर्नाले स्तन र पाठेघरसम्बन्धी क्यान्सर लाग्ने जोखिम कम हुन्छ ।
सलाद
सलाद खाँदा गाढा हरियो रङका तरकारीको सलाद खानु क्यान्सरको जोखिम हटाउने दृष्टिकोणले बढी लाभदायक हुन्छ ।