काठमाडौं । जीरा एक यस्तो मसाला हो जसको प्रयोगबिना सायदै कसैको भान्सा पूरा हुन्छ होला । जीरा बिना कुनैपनि परिकारको स्वादलाई कल्पना पनि गर्न सकिँदैन । मसालाको रुपमा प्रयोग हुने जीरालाई अचार, तरकारी वा सुप लगायतमा प्रयोग गर्ने गरिन्छ ।
जीराको धूलो र गेडा दुबै प्रयोग हुन्छ । तर, मसालको रुपमा चिनिने जीरा स्वास्थ्यका लागि कतिको फाइदाजनक छ भन्नेबारे सायदै सबैलाई थाहा हुन सक्छ ।
आज हामी तीनै जीराको फाइदाबारे चर्चा गर्दैछौं । आयुर्वेदीय औषधिको रुपमा प्रयोग हुने जीरामा विभिन्न स्वास्थ्यवद्र्धक गुणहरु हुन्छ । जसले तपाईंको तौल नियन्त्रण गर्नेदेखि विभिन्न रोगको संक्रमणबाट जोगाउने काम गर्छ ।
जीरा पानीको नियमित सेवनले हुने फाइदाः
-उमालेर खाली पेटमा सेवन गर्नाले तौल कम गर्न मद्दत गर्छ
-शरीरमा भएको टक्सिनलाई बाहिर निकाल्ने काम गर्छ
-पाचन प्रक्रियालाई स्वस्थ राख्ने काम गर्छ
-रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतलाई पनि बढाउने काम गर्छ
-यसमा एन्टीअक्सिडेन्टस पर्याप्त मात्रामा हुन्छ
-रक्तचाप नियन्त्रणमा राख्न मद्दत गर्छ
- रक्त अल्पत्ताको समस्यामा पनि सहयोगी हुन्छ
-छालालाई चम्किलो बनाउने काम गर्छ
-मधुमेह भएका बिरामीका लागि फाइदाजनक तनाव कम गर्छ स्मरण शक्ति बढाउने काम गर्छ